उखु किसानहरुको बाँकी बक्यौता तत्काल असुलउपरका लागि पहल गर्न सरकारलाई निर्देशन

उखु किसानहरुको बाँकी बक्यौता तत्काल असुलउपरका लागि पहल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितले उखु किसानहरुलाई पैसा दिलाउन कृषि मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले जसरी पनि किसानलाई पैसा दिलाउन र नदिने उद्योगलाई काबारही गर्न निर्देशन दिएको छ। किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न भनेको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए।  

बैठकमा कृषिमन्त्री घनश्याम भुसालले सर्लाहीको अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नआएको बताउनुभयो। उहाले उखु किसानलाई सहुलियत दिन सरकार प्रतिवद्ध रहेको भन्दै बिबिध समस्याहरु समाधान हुने जिकिर गरे।

बैठकका किसानहरुले पटक पटक ध्यानाकर्षण गराउदा पनि महालक्ष्मी सुगर मिलले बेवास्ता गरेको र आफुहरुको पैसा नदिएको गुनासो गरेका थिए।

अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ। बैठकमा वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने उद्योगी पक्राउ गर्द गलत म्यासेज जाने भएकाले सम्पर्कमा ल्याइदिन गृहलाई  आइतवार परिपत्र गरिएको जानकारी दिए।
 

प्रकाशित मिति: : 2019-12-31 04:35:03

प्रतिकृया दिनुहोस्