काठमाडौं उपत्यकाको तापक्रम आइतबार केही बढेको छ।
मौसम पूर्वाुनमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज हिजोको तुलनामा उपत्यकाको न्यूनतम तापक्रम ०.४ डिग्री बढेको हो।
शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो। शनिबार मापन गरिएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो।
यसअघि बुधबार काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो भने बिहीबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको थयो। यस्तै शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पुनः पौने ९ बजे मापन गरिनेछ। अन्तर्राष्ट्रिय समयअनुसार यही समयको मापनलाई आजको वास्तविक न्यूनतम तापक्रम मानिन्छ। ‘८ः४५ मा मापन गर्दा केही प्वइन्ट तलमाथि पर्न सक्छ,’ मौसमविद् श्रेष्ठले भने।
उनका अनुसार अहिले देशका सबैजसो तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ।
यस्तै पोखरादेखि पूर्व तथा काठमाडौं उपत्यकामा पनि अहिले बिहान हुस्सु/कुहिरो लागेको छ। तर यो घाम लागेसँगै हटेर जाने मौसमविद् श्रेष्ठले बताए।