सभामुखको किचलोले प्रतिनिधि सभाको बैठक सर्‍यो

सत्तारुढ नेकपामा सभामुख चयनको विषयमा सहमति जुट्न नसक्दाँ शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ। आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो।

पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको हो।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए। संसदको हिउँदे अधिवेशन यही पुस छ गतेबाट सुरु भएको हो। 

रिक्त समामुख पदमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षको दाबी रहेका कारण नेकपामा सहमति हुन सकेको छैन। उपसमुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरिरहेकी छिन्।  

अब बैठक पुष १६ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति: : 2019-12-28 01:31:47

प्रतिकृया दिनुहोस्