कृसु प्रज्ञा पुरस्कारबाट न्यौपाने र बगाले पुरस्कृत हुने

नेपालीभाषी वरिष्ठ साहित्यकार लक्ष्मण न्यौपाने र वरिष्ठ हास्यकवि ज्ञानबाहादुर बगाले कृसु प्रज्ञा पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। कृसु क्षेत्री प्रज्ञा प्रतिष्ठान म्यानमारले हरेक वर्ष प्रदान गर्दै आएको सो सम्मान यसवर्ष न्यौपाने र बगालाई दिन लागिएको प्रतिष्ठानका अध्यक्ष पाण्डवप्रसाद ज्ञवालीले जानकारी दिए।

कृसु क्षेत्री प्रज्ञा प्रतिष्ठान म्यानमार र गोर्खागाउँ म्यानमारले विशिष्ट साहित्यकारहरुलाई सम्मान गर्दै आएको छ। पुरस्कृत हुने सुचिमा रहेका न्यौपाने विश्व नेपाली साहित्य म्यानमार– थाईल्याण्ड समन्वय शाखाका अध्यक्ष हुन भने बगाले अखिल म्यानमार देशिय गोर्खा हिन्दू धार्मिक संघ,म्यानमारका शिक्षा बिभाग प्रमुख हुन्। 

साहित्यकार द्वयलाई प्रतिष्ठानले भब्य समारोहका बीच सम्मान गर्ने कृसु क्षेत्री प्रज्ञा प्रतिष्ठान म्यानमारले बताएको छ।
 

प्रकाशित मिति: : 2019-12-26 05:52:45

प्रतिकृया दिनुहोस्