झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ। त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा।
धनुषा लक्ष्मीनिया गाउँपालिका-७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए। छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ। उनलाई यतिबेला शीतलहरले हैरान पारेको छ।