चिसोबाट बच्न बालेको आगोले घर र गोठ जलायाे

बाराको सिम्रौनगढ नगरपालिका–११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ ।

आइतबार राति स्थानीय शम्भु भगत मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले बताएका छन् ।

चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले  घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मालीको गोठमा रहेको ३ वटा भैंसी र ४ वटा बाख्रा समेत जलेका छन्।

सिमरौनगढ नगरपालिकाको दमकल, प्रहरी चौकी कचोर्वाका प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-12-24 02:40:48

प्रतिकृया दिनुहोस्