नेकपा स्थायी कमिटी : मच्चियो मच्चियो थच्चियो !

शीतल निवासको ‘हस्तक्षेप’, एमसीसीमा चर्काचर्की, हात लाग्यो शून्य

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतीक्षित स्थायी कमिटी बैठक सातदिने गहन छलफल र माथापच्चीका बीच सकिएको छ ।

यो बैठक दुईवटा हिसाबले महत्त्वपूर्ण थियो । पहिलो विधानतः तीन महिनामा बस्नुपर्ने बैठक एक वर्षपछि बसेको थियो । दोस्रो, बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा बसेको थियो ।

गत वर्ष (मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बसेको) को स्थायी कमिटीमा पूर्वएमालेभित्रका दुई खेमालाई मिलाउन समन्वयकारी भूमिका निर्वाह गरेकाले यसपटकको बैठकमा प्रचण्डको बढी नै भूमिका अपेक्षित थियो ।

पार्टीभित्र थुप्रिएका समस्यालाई किनारा लगाउने र सरकार सञ्चालनमा गति पैदा गर्न पनि बैठक कोशेढुङ्गा सावित हुने विश्वास थियो । कारण– एक वर्षदेखि सरकारको समीक्षा गर्ने कार्यसूची मुल्तवीमा थियो ।

तर सातदिनसम्म चलेको बैठकले यी कुनै पनि कुरामा ठोस निर्णय लिन सकेन । झनै गिजोलियो ।

प्रकाशित मिति: : 2019-12-23 20:49:42

प्रतिकृया दिनुहोस्