नागरिकता संशोधन विधयेक: उत्तरप्रदेशमा ८ वर्षीय बालकसहित १५ जनाको मृत्यु

बिएल संवाददाता

भारत (मुम्बाई),Dec 22, 2019

भारतीय नागरिकता संशोधन विधयेक विरुद्ध भइरहेको प्रदर्शनमा अहिलेसम्म उत्तरप्रदेशमा ८ वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको छ। त्यसबाहेक ८७९ मानिसलाई पक्राउ गरिएको छ र १३५ अपराधिक मुद्दा दर्ता गरिएको छ। प्रदर्शनमा २८८ प्रहरी पनि घाइते भएको उत्तर प्रदेशका डीजीपी ओपी सिंहले बताए। 

अधिकारीहरूले शनिबार मेरठ जिल्लामा ४ जनाको मृत्यु भएको बताएका थिए। कानपुर र बिजनौर मा २(२ जनाको मृत्यु भएको उनीहरूले जनाएका थिए।  

वाराणसीको भागदौडमा ८ वर्षीय एक बालकको मृत्यु भएको थियो। संभल र फिरोजाबादमा एक(एक जनाको मृत्यु भयो।

 उत्तर प्रदेशको इलाहाबादमा शनिबार रातिसम्मको लागि इन्टरनेट सेवा बन्द गरिएको थियो। उत्तरप्रदेशकै अन्य भागमा पनि समय÷समयमा इन्टरनेट बन्द गरिएको छ। 

भारतका विभिन्न ठाउँमा नागरिकता संशोधन कानून, २०१९ को विरोधमा प्रदर्शन भइरहेको छ। यो कानूनमा अफगानस्थान, बंगलादेश र पाकिस्तानबाट भारत आएका हिन्दु, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्मका मानिसलाई नागरिकता दिने प्रावधान गरिएको छ। नागरिकता संशोधन कानूनमा भारतमा शरण लिन चाहने मुस्लिमलाई नागरिकताको दायराबाट बाहिर राखिएको छ। 

अन्य धर्म र मुस्लिमको बीचमा भएको विभेदका कारण उक्त विधयेकको आलोचना भएको हो। सरकारको उक्त कार्यलाई धर्मनिरपेक्षतामाथि प्रहार र यसलाई बद्ल्न सरकारले गरिरहेको झेलको रूपमा बुझिएको छ। अहिलेसम्म भारतमा कसैलाई पनि धर्मको आधारमा नागरिकताबाट बहिस्कार गरिएको थिएन। 

प्रकाशित मिति: : 2019-12-23 05:15:29

प्रतिकृया दिनुहोस्