बम विस्फोट गराएको आरोपमा विप्लव समूहका ५ नेता पक्राउ

बिएल संवाददाता

काठमाडाैं,Dec 22, 2019

वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङ रहेका छन्।

प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।
 

प्रकाशित मिति: : 2019-12-23 05:02:31

प्रतिकृया दिनुहोस्