बाराको सिमरौन गढमा सालनाल सहितको नवजात शिशु फेला

बिमला गुप्ता

विरगञ्ज, Dec 22, 2019

बाराको सिमरौन गढ नगरपालिमा वेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन्। सिमरौन गढ नगरपालिका–६  पावर हाउस नजिकबीच रोडमा उक्त नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय सिमरौन गढले जनाएको छ।

आइतबार १२ः३० बजेतिर पुर्ण रुपमा विकशित नभएको करिव ६ महिने शिशु सालनालसहित  फेला परेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए। अज्ञात व्यक्तिले फालेर गएको करिव १० मिनेटसम्म ज्युदोँ रहेको  प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

 शिशुको शवलाई इलाका प्रहरी  कार्यालय सिमरौन गढमा राखिएको छ। यस सम्बन्धमा आवश्यक छानविन गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-23 03:20:01

प्रतिकृया दिनुहोस्