बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

बिएल संवाददाता

वीरगञ्ज,Dec 22, 2019

बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन्।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले पुष्टी गरे। 

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको  प्रहरी उपरीक्षक खनालले बताए।

प्रकाशित मिति: : 2019-12-23 02:37:45

प्रतिकृया दिनुहोस्