काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

बिएल संवाददाता

काठमाडौ‌ं,पुस ५

काठमाडौ‌ंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2019-12-22 12:12:43

प्रतिकृया दिनुहोस्