कर्णाली तीन वर्षभित्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुग्ने

बिएल संवाददाता

सुर्खेत,पुस ५

कर्णाली प्रदेशका सबै जिल्लामा तीन वर्षभित्र राष्ट्रिय प्रसारण लाई पुर्‍याउने तयारी भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लामा छिटोभन्दा छिटो राष्ट्रिय प्रसारण लाईन पुर्‍याउने गरि पहल थालिएको बताए। 

कर्णालीका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन भने साविकको कर्णालीका कुनैपनि जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन।‘कर्णालीबासीको उज्यालो सपना निकट भविष्यमै पुरा हुनेछ।’कर्णालीको विद्युतीकरण विषयमा छलफल गर्न कर्णाली प्रदेश राजधानी सुर्खेतमा पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलपछि शाहीले भने,‘छिटोभन्दा छिटो कर्णालीमा विद्युत आपूर्ति हुने गरि छलफल गरेका छौं।’

कर्णाली राजमार्ग हुँदै राष्ट्रिय प्रसारण लाइन बिस्तार हुने भएको छ। शाहीले घिसिङलाई भने, ‘विद्युत नपुगेको ठाउँमा विद्युत पुर्‍याउनुहोस्। अहिले कुनैपनि हालतमा कर्णालीलाई बिजुली चाहिएको छ।’

हाल कालिकोट जिल्लामा  राष्ट्रिय रप्रसारण लाइन जडानको काम भैरहेको छ। त्यहाँबाट जुम्ला जोड्ने र कर्णाली भरी तीन वर्षभित्र पुर्‍याउने गरि छलफल केन्द्रीत भएको थियो। 

कर्णालीबासीलाई मिटर र तार निःशुल्क उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। समग्र प्रदेश विद्युतीकरणको अवस्था, राष्ट्रिय प्रसारण लाइन र विद्युत सेवा विषयमा प्राधिकरण निकै सकरात्मक देखिएको छ। 

छलफलमा निर्देशक घिसिङले कर्णालीमा विद्युत बिस्तारका लागि जिम्मेवारी पूर्वक अघि बढेको बताए। उनले कर्णाली लगायतको तीन वटा प्रदेशको विद्युतीकरणका लागि एसियन एन्फास्टक्चर बैंक र युरोपिएन इन्भेष्टमेण्ड बैंकबाट २२ अर्ब रुपैयाँ सफ्ट लोनको व्यवस्था भइसकेको जानकारी दिए। जसमध्ये झण्डै ११ अरब रुपियाँ कर्णालीको विद्युतीकरणका लागि लगानी हुने उनको भनाइ छ।   

कर्णालीमा राष्ट्रिय प्रसारण लाइन बिस्तारका लागि सवस्टेशन र लाइन तान्ने काम भइरहेको छ। तीन वर्षभित्र समग्र नेपालमै विद्युत बिस्तारको काम सकिने लक्ष राखिएको छ। कर्णालीमै विद्युत उत्पादनको कार्य गरेर आपूर्ति गर्न सकिने प्रशस्त सम्भावना रहेको भन्दै कर्णालीबाट अनेत्र ठाउँमा विद्युत आपूर्तिको काम पनि गर्दै जान सकिने घिसिङमो तर्क छ।

प्रकाशित मिति: : 2019-12-22 09:59:09

प्रतिकृया दिनुहोस्