अति विपन्न परिवारलाई चामल वितरण

बिएल संवाददाता

वीरगञ्ज, पुस ५

बाराको महागढीमाई नगरपालिका,बरियारपुरले विपन्न परिवारहरुलाई राहत सामाग्री वितरण गरेको छ। शनिबार बाक्लो हुस्सु र चिसोले गर्दा दैनिक ज्यालादारी गर्न नसकेका परिवारहरुलाई राहत सामाग्री वितरण गरेको हो।

नगरपालिकाको वडा नम्बर ५ मा २ सय ५, ९ मा २ सय र  वडा नम्बर १० मा  ४ सय ५९ अति विपन्न परिवार र दलित परिवारहरुलाई एक/एक बोराको दरले चामल राहत स्वरुप वितरण गरिएको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए।

साथै उनले अति चिसोले गर्दा जनजिवन प्रभावित भएपछि नगरभरीको गाउँको चोकचोकमा आगो ताप्नको लागि दाउरा वितरण गर्न लगाइएको पनि बताए।

उनले चिसोको समयमा अति विपन्न परिवारहरुलाई खानपिन गर्नमा समस्या भएपछि राहत वितरण शुरु गरिएको र यो अभियान ११ वटा वडामा जारी रहने बताए । 

चिसोको समयमा बृद्धबृद्धा र बालबालिकाहरुमा निमोनिया, कोल्ड डायरिया, श्वासप्रश्वासमा समस्या हुने भएकोले नगरपालिका भित्र रहेका हेल्थ पोष्टहरुमा गएर समयमै उपचार गराउन नगर प्रमुख यादवले आग्रह गरेका छन्।
 

प्रकाशित मिति: : 2019-12-22 08:32:18

प्रतिकृया दिनुहोस्