दलित परिवारलाई कम्बल वितरण

बिएल संवाददाता

वीरगञ्ज, पुस ५  

अत्याधिक चिसो बढ्दै गएपछि सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ। 

काठमाडौंस्थित कलोथिङ ब्याङ्क नेपालको सहयोमा संस्कृतिद्धारा पर्साको सखुवा पर्सौनी गाउँपालिका–५ स्थित महुवनमा शनिबार एक कार्यक्रमबीच दलित समुदायमा १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको संस्थाका उपाध्यक्ष आँशु सर्राफले जानकारी दिए। 

कार्यक्रममा बोल्दै सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे। 

उनले आजको युवा पिडिले यसरी नै नेतृत्व लिएर समाजको लागि कार्य गर्न थाले समाजमा रहेको समस्याहरू अन्त्य भएर जाने विश्वास व्यक्त गरे।

त्यसैगरी संस्कृतिका वरिष्ठ सल्लाहकार तबरेज अहमदले युवाहरुको पहलमा भएको कार्यक्रमलाई सराहना गर्दै आजको हरेक युवालाई संस्कृतिबाट प्रेरणा लिनुपर्ने बताए। उनले सहयोगी संस्था कलोथिङ ब्याङ्कबाट आएका पदाधिकारीहरुलाई आगामी दिनमा पनि पर्साका अन्य गाउँ ठाउँमा यसरी नै सहयोग गर्न अपिल समेत गरे।

कार्यक्रममा संस्कृतिकी अध्यक्ष शैली चौधरी,सदस्यहरू हिमांशु बरनवाल, किरण गिरी, मनिषा शर्मा,कोलोथिङ ब्याङ्कका संयोजक श्रीराम गुरुङ,सिवानी प्रधान,आशिष घिमिरे,सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष रुपलाल कुमार  यादवलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2019-12-22 07:56:23

प्रतिकृया दिनुहोस्