चिसो बढेपछि पर्साको पोखरियाका विद्यालयमा ५ दिन जाडो विदा

बिएल संवाददाता

वीरगन्ज,पुस ५

अत्याधिक चिसो बढेपछि पर्साको पोखरिया नगरपालिकाले ५ दिनको लागि नगरभित्रको विद्यालयमा जाडो विदा दिएको छ। 

बाक्लो हुस्सु र चिसोले बालबालिकाहरु बढि प्रभावित भएपछि विधार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायीक तथा निजि विद्यालयहरुमा विदा दिएको नगर प्रमुख दिपनारायण रौनियारले बताए। 

चिसाको समयमा पठनपाठनमा अपठ्यारो भएकोले बर्षे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले ६ गते देखी १० गते सम्मको लागि विदा दिएको प्रमुख रौनियारले जानकारी दिए। यस्तै पर्साको बिन्दवासिनी गाउँपालिकाका विद्यालय पनि एक साताका लागि बन्द गरिएको छ।

प्रकाशित मिति: : 2019-12-22 07:31:57

प्रतिकृया दिनुहोस्