संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाढीबाट विस्थापित केन्यालीलाई हेलिकोप्टरमार्फत आइतबारदेखि राहतका सामान पठाउन थालेको छ।
केन्या सरकारले बाढीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू देशका अन्य भागमा जोडिन नसकेको र त्यहाँ राहत तथा दैनिक आवश्यकताका सामान पु¥याउन बाटोहरू पानीले पुरिएका, भत्केका वा अवरूद्ध बनेका भन्दै केन्याले सहयोगका लागि राष्ट्रसंघलाई अनुरोध गरेपछि विश्व खाद्य कार्यक्रमले केन्यालाई सहयोग गरेको हो।
बाढीका कारण विस्थापित खाद्यान्न देशका मन्देरा, वाजिर, गारिसा र ताना नदी क्षेत्रका वस्तीहरूमा खाद्यान्न पु¥याउन एम आई–८ हेलिकोप्टरहरूसहितको टोली उपलब्ध गराएको हो।
विस्थापितलाई राहत सहयोग, खाद्यान्न तथा औषधी पु¥याउनका लागि उच्च क्षमताको हेलिकोप्टर पठाएर सहयोग गर्न हामीले अनुरोध गरेका छौँ,” विपत व्यवस्थापन मन्त्री उगेने वामाल्वाले नैरोबीमा एक विज्ञप्ति जारी गरी जानकारी गराए।
उनले भने, “बाढीका कारण सडक सञ्जाल विच्छेद हुँदा विस्थापितलाई पठाउन तयारी अवस्थामा राखेको खाद्यान्न तथा लत्ताकपडासमेत बाढी प्रभावित क्षेत्रमा पु¥याउन कठिनाई परिरहेको छ। अब छिट्टै राहत वितरण हुनेछ।”
लामो समय परेको खडेरीपछि अक्टोबरको सुरूदेखि परेको अत्यधिक बर्षाका कारण केन्यामा खाद्यान्न अभाव हुने नागरिकको सङ्ख्या ३१ लाख पुगेको छ।
केन्यामा बाढीका कारण ३८ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ७०० परिवारका हजारौँ नागरिक विस्थापित भएका छन्। बाढीका कारण दशौँ हजार चौपाया मरेका पनि बताइएको छ।
केन्याको मौसम विभागले दिएको जानकारी अनुसार बाढी प्रभावित पूर्वी क्षेत्रमा यस बर्ष सामान्यभन्दा तेब्बर गुणा बर्षा भएको छ।