लिबियाको आप्रवासी केन्द्रमा हवाई आक्रमण,कम्तिमा ४० को मृत्यु

तस्बिरः एजेन्सी

लिबियाको आप्रवासी केन्द्रमा बुधबार बिहान भएको हवाइ आक्रमणमा परी एउटा बन्दीगृहमा रहेका कम्तिमा ४० जना आप्रवासी मारिएका छन्।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको आक्रमणमा ८० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

मारिनेमध्ये अधिकांश अफ्रिकी आप्रवासीहरू रहेको एपीले जनाएको छ।

लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिबियामा हिंसा र विभाजनबाट प्रताडित छ।

हमलाको समयमा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र रहेको समाचारमा जनाइएको छ।

बन्दीगृहमा भएको हमलाको जिम्मा कसैले लिएको छैन।

युरोप जाने प्रयासमा रहेका हजारौं त्यस्ता आप्रवासीहरूलाई सरकारद्वारा सञ्चालित त्यस्ता बन्दीगृहहरूमा राखिएको छन्।

प्रकाशित मिति: : 2019-07-03 11:20:44

प्रतिकृया दिनुहोस्