नामिबियाको जेलमा २ सय ८६ विदेशी नागरिक बन्दी

AGENCY

नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्दा धेरै जाम्बियाका नागरिक रहेका छन्।उनीहरुले नामिबियाको कारागारमा जाम्बियाका १२० जना रहेको र ती मध्ये एक जना महिला रहेको पनि जानकारी दिएका छन्।

कारागारमा रहेकामध्ये सवैभन्दा धेरै ४१ जना आक्रमणको मुद्दामा परेका हुन्। त्यसपछि धेरै १९ जना बलात्कारको मुद्दामा जेल परेका हुन्।नामिबियाको कारागारमा रहेका विदेशीहरूमध्ये दोस्रो धेरै ९१ जना अङ्गोलका रहेका छन्। उनीहरुमध्ये धेरैजसो आक्रमण सम्वन्धी र लागुऔषधसम्बन्धी अपराधमा कारागार चलान भएका हुन्।

त्यस बाहेक जिम्बाब्बे, दक्षिण अफ्रिका, तान्जेनियालगायतका देशका नागरिक पनि नामिबियाको कारागारमा रहेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2019-02-22 22:42:41

प्रतिकृया दिनुहोस्