अमेरिकाको डालासमा बाजेको सेकुवाको १४ औं शाखा सञ्चालनमा

तस्बिर: बिएल

लोकप्रिय रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ।

बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाका अनुसार अमेरिकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा सञ्चालनमा ल्याइएको हो।

टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै शाखा विस्तार गरिएको उनले बताए। नयाँ शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन्।

डालास लगत्तै अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडि बढिसकेको तिमल्सिनाले बताए।

नेपालमा नेपालगञ्ज, विराटनगर र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको छ। भर्खरै भक्तपुरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन्।

काठमाडौंको सिनामंगलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेष्टुरेन्ट अन्तर्गत उपत्यका बाहिर तीन, अमेरिकामा दुईसहित १४ वटा रेष्टुरेन्ट सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2019-12-13 15:13:52

प्रतिकृया दिनुहोस्