स्विट सिक्सटिन थनवर्ग बनिन् 'टाइम पर्सन अफ द इयर'

स्विट सिक्सटिन थनवर्ग : नोबेल पुरस्कार नपाए पनि टाइम पर्सन अफ द इयर । तस्बिर : फाइल/एजेन्सी

१६ वर्षीया स्विडिस किशोरी ग्रेटा थनवर्ग टाइम पर्सन अफ द इयर घोषणा गरिएकी छिन्। 

ब्रह्माण्डमा भइरहेको जलवायु परिवर्तन रोक्न प्रभावकारी आवाज उठाएको भन्दै उनलाई वर्ष व्यक्ति घोषणा गरिएको जनाइएको छ।

थनवर्ग यस वर्षको नोबेल पुरस्कारका लागि सबैभन्दा रूचाइए पनि उनले त्यो पैसासहितको प्रतिष्ठा हात पार्न सकिनन् । तर, पैसा नभए पनि अत्यन्तै प्रतिष्ठित मानिने 'टाइम पर्सन अफ द इयर' घोषणा भएपछि उनलाई आंशिक भर्पाइ भएको उनको अभियानले जनाएको छ।

विश्वप्रसिद्ध टाइम म्यागजिनले वर्षेनी एकजनालाई टाइम पर्सन अफ द इयर घोषणा गर्ने गरेको छ । म्यागजिनले सन् १९२७ देखि हरेक वर्ष यस्तो घोषणा गर्दै आए पनि केही वर्षयता यो परम्परा धानिएको थिएन। 

उनी टाइमको इतिहासमै यो सम्मान पाउँने सबैभन्दा कान्छी व्यक्तित्व भएकी छिन्। 

थनवर्ग जलवायु परिवर्तन अभियन्ता हुन् । गत वर्ष स्वीडेनको संसद भवन अगाडि वातवरणीय मुद्दा उठाएर विश्वको ध्यानाकर्षण गर्न सफल उनको अमेरिका भ्रमण पनि चर्चित बनेको थियो । उनले संयुक्त राष्ट्र संघमा 'संसारको आँखा खोल्ने' मन्तव्य राखेकी थिइन् । 

यो पनि पढ्नुहोस् 
प्रम ओलीका सल्लाहकारले भने- गौरिकालाई ६५ र अरु तीन खेलाडीलाई २२/२२ लाख नगद पुरस्कार

उनी अब आउने दशकमा हुने वातावरणीय गतिविधिले विश्वको भविष्य निर्धारण गर्नेमा विश्वास राख्छिन् । 

 उनले जलवायु परिवर्तनका लागि थुप्रै प्रभावशाली अभियान चलाइसकेकी छिन्, त्यसमा पनि 'फ्राइडेज फर फ्यूचर' चर्चित रहृेको छ। 
प्रकाशित मिति: : 2019-12-12 01:39:00

प्रतिकृया दिनुहोस्