नेटो गठनको ७० औँ बर्षगाँठ मनाउन डेनमार्कमा आयोजित भेला रोकियो

तस्बिर:एजेन्सी

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) गठनको ७० औँ बर्षगाँठका अवसरमा कोपेनहेगनमा हुनेगरी तय भएको भेलाबारे डेनमार्कस्थित अमेरिकी राजदूतावासले बेखुशी व्यक्त गरेपछि एक्कासी रद्द गरिएको छ।

डेनमार्कको नेटोसम्बद्ध संस्था ‘डेनिस एट्लान्टिक ट्रिटी एसोसिएसन (डाटा)’ का अनुसार सुरक्षा नीति विज्ञहरूका अनुसार वर्तमान अमेरिकी नीतिबारे सीआईएका पूर्व विश्लेषक राजनीतिशास्त्री स्टान्ले स्लोनको अमेरिकाप्रतिको आलोचनापछि डेनमार्कका लागि अमेरिकी राजदूत क्लारा सान्ड्सले भेलाबारे असन्तुष्टि व्यक्त गरेको हो।

“हामीले स्लोनले कहिल्यै पनि हाम्रो सम्मेलनमा गैरराजनीतिक तथा लक्षित भाषण दिने कुरा कल्पना गर्नसक्दैनथ्यौँ। त्यसैले उहाँलाई वक्ताका रूपमा राख्यौँ तर पछि अमेरिकी राजदूतले सम्मेलनमा स्लोनलाई हटाउन आग्रह गर्नुभयो,” डाटाका महासचिव लार्ज व्यङ्गर्ट स्ट्रुवेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले थपे, “स्लोनलाई वक्ताबाट हटाइएपछि डाटाले सम्पूर्ण कार्यक्रम नै रद्द गर्ने निर्णय लिएको छ।”

फ्रेडेरिक्सवर्ग क्यासलमा आयोजना गर्नेगरी तय भएको भेला आगामी बुधबार शुरू हुने घोषणा गरिएको थियो। कार्यक्रम अमेरिकी सहकार्यमा डाटाद्वारा गरिएको थियो।

प्रकाशित मिति: : 2019-12-09 07:14:37

प्रतिकृया दिनुहोस्