ट्रम्पबाट 'बटर' लाई जीवनदान : गयो करोडौ 'बटर' को जीवन

यो बट्टर त बाँच्यो तर अरू करोडौं बट्टर टर्की ब्यञ्जन बने । तस्बिर : हवाइट हाउस ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा एक टर्कीलाई जीवनदान दिएका छन् । यस वर्षको थ्यांक्स गिभिङ डे मा मृत्यु हैन, जीवन पाउँने त्यो टर्कीको नाम बट्टर हो । 

अमेरिकामा हरेक वर्षको नोभेम्बर महिनाको अन्तिम विहीबार मनाइने थ्यांक्स गिभिङ डेमा करोडौंको संख्यामा टर्कीको ज्यान जाने गर्छ । पछिल्लो समय यो चाड टर्की खाने चाडका रूपमा प्रचलित छ । त्यसमा पनि यसपटक अत्यन्तै चिसो थ्यांक्सगिभिङ डे आएकाले टर्कीको अरू खपत बढाएको छ ।

अमेरिकामा बढ्दो नेपाली डायस्पोरासँगै यस चाडका लागि नेपालीमूलका मानिस पनि टर्की खाने अभ्यासमा लागेका छन्। सुरू सुरूमा केहीलाई यसको मासु अलि गन्हाउने जस्तो लागे पनि बिस्तारै यो स्वादिस्ट हुदै जान्छ। नेपालीले त्यसको उपाय पनि निकालेका छन्- टर्की मोमो। 

अमेरिकामा थ्यांक्सगिभिङ डे का दिन ह्वाइट हाउसमा एउटा टर्कीलाई राष्ट्रपतिले जीवनदान दिने चलन छ। यो चलन सन् १८६० मा तत्कालिन राष्ट्रपति अब्राहम लिंकनले सुरू गरेका हुन् । प्रतिकात्मक रूपमा टर्कीको जीवन बचाउन सुरू गरिएको यो चाड त्यसयता एक औपचारिकतामा सिमित भएको छ। 

विगत चार सय वर्षदेखि मनाइदै आएको थ्यांक्सगिभिङ डेमा टर्की एक अनिबार्य परिकारका रूपमा रहनैपर्ने जस्तो अवस्था सिर्जना गरिएको छ । 

अमेरिकामा बढ्दो नेपाली डायस्पोरासँगै यस चाडका लागि नेपालीमूलका मानिस पनि टर्की खाने अभ्यासमा लागेका छन्। सुरू सुरूमा केहीलाई यसको मासु अलि गन्हाउने जस्तो लागे पनि बिस्तारै यो स्वादिस्ट हुदै जान्छ। नेपालीले त्यसको उपाय पनि निकालेका छन्- टर्की मोमो। 

प्रकाशित मिति: : 2019-11-29 06:38:51

प्रतिकृया दिनुहोस्