थ्यांक्सगिभिङको पूर्वसन्ध्यामा रिसायो अमेरिकी मौसम, दुई करोड मानिस प्रभावित

थ्यांक्सगिभिङ डे को पूर्वसन्ध्यामा रिसायो अमेरिकी मौसम। तस्बिर : एजेन्सी

अमेरिकाको एक ठूलो सामाजिक चाड थ्यांक्सगिभिङ डे करोेडौ अमेरिकीका लागि सास्ती बनेर आएको छ। 

देशको पश्चिमी भागमा अप्रत्यासित आएका दुई आँधीका कारण त्यस क्षेत्रको जवनजीवन प्रभावित भएर यस्तो सास्ती आइलागेको हो। 

कम्तिमा पनि अमेरिकाको  ३२ राज्य मौसमी प्रतिकुलता भोगिरहे पनि क्यालिफोर्निया, ओहायो, इलिनोय, इन्डियाना, मिसिगन, पेन्सिलभेनिया, वेष्ट भर्जिनिया र विसकन्सिनलगायतका राज्य बढी प्रभावित भएका छन्।

आँधी चलेको क्षेत्रमा तापमान खस्कदा ठूलो हिमपात भएको छ र हुने क्रम जारी छ।

योसँगै लाखौ घरको विजुली बन्द हुँदा करोडोैं मानिस अध्यारोमा फसेका छन्, चिसोले कठांग्रिएका छन्। 

हजारौ हवाइ उडानको उडान-समय सरेको छ भने सयौं उडान रद्द भएका छन्। यसबाट लाखौ मानिसको यात्रा कष्टप्रद भएको छ।

मौसम विभागका अनुसार एउटा आँधी न्युयोर्कलगायतकाे पूर्वी भागतिर अगाडि बढिरहेको छ भने अर्को आँधी ओहायोबाट आसपासका राज्य हुँदै पूर्वतिर नै अगाडि बढिरहेको छ।

यसरी एक्कासी आएको मौसमी प्रतिकुलताका कारण करोडोैं अमेरिकीको थ्यांक्सगिभिङ चाड खल्लो भएको छ।

प्रकाशित मिति: : 2019-11-28 10:35:11

प्रतिकृया दिनुहोस्