चीनका लागि जासुसी गर्ने पूर्व सिआइए अधिकारीलाई १९ वर्ष जेल

बिएल

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकाले आफ्नै जासुसी संस्था सिआइएका पूर्व अधिकारीलाई १९ वर्षको जेल सजाय सुनाएको छ। उनी देशविरूद्ध जासुसी गरेको आरोपमा दण्डित हुने तेस्रो अमेरिकी हुन्।

अमेरिकाको एक अदालतले जेरी चुन सिङ ली नाम गरेका ५५ वर्षीय सिआइएका पूर्व अधिकारीलाई शुक्रबार सजाय सुनाएको हो। उनीमाथि राष्ट्रिय सुरक्षासँग जोडिएको गोप्य दस्तावेज चीनलाई उपलब्ध गराएको आरोप छ। 

८ महिने छोरालाई बचाउन घर छोडेर सुकुम्बासी बस्ती बसेकी यमकली (भिडियोसहित)

ली सन् २००७ मा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को जागिर छोडेर हङकङमा बसोबास गर्दै आइरहेका थिए।

सहायक महान्याधिवक्ता जोन सी डेमर्सले भने, ‘हामीले एक वर्षभित्र चिनियाँ सरकारका लागि जासुसी गर्ने तीन अमेरिकीलाई दण्डित गर्यौ। यि तीन जनाले १० वर्षमाथि सजाय पाएका छन्। सबैभन्दा दुःखको कुरा दोषी प्रमाणित भएका तीनै जना अमेरिकाको जासुसी संस्थामा कार्यरत पूर्व कर्मचारी थिए। यो निर्णयले हाल जासुसीकार्यमा लागिरहेका पूर्व तथा वर्तमान कर्मचारीमा स्पष्ट सन्देश गएको छ।’

जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर

सन् २०१० मा चीनको जासुसी अधिकारीले लीसँग सम्पर्क गरेको अदालतले बताएको छ। अमेरिकाको रक्षासम्बन्धि सूचना प्रभाव गरेबापत लीले एक लाख अमेरिकी डलर र अजीवन रेखदेखको सुविधा पाएका थिए। सन् २०१० को मे २६ मा लीको व्यक्तिगत बैक अकाउन्टबाट १७ हजार ४ सय ६८ डलर दाखिला भएको बताइएको छ।

प्रकाशित मिति: : 2019-11-23 21:22:40

प्रतिकृया दिनुहोस्