श्रीमती ब्यायफ्रेण्डसँग गाडीमा, असैह्य भयो श्रीमानलाई ...

अमेरिकी जीवन शैलीको एक अंश .. कार रोमान्स । एक प्रतिकात्मक तस्बिर ।

अमेरिकाको ओक्लोहामाको डंकनस्थित वालमार्टमा भएको गोलीबारीको पृष्ठभूमि सार्वजनिक भएको छ। यसले अमेरिकी जीवनशैलीको तीतो यथार्थ बाहिर ल्याएको छ। 

घटनामा मारिएकी युवती विवाहित भए पनि उनी नयाँ ब्यायफ्रेण्ड बनाएर रोमान्स गरिरहेकी रहिछन् । 

उनको ब्यायफ्रेण्डसँग डेटिङ रहेछ त्यो दिन । डेटिङमा निस्कने क्रममा उनीहरू त्यहाँ पसेको हुन सक्ने बताइएको छ । वालमार्टको भिडियो फ्रुटेजमा उनीहरू त्यहाँको मोनी सेन्टरमा गएको देखिएको छ । 

उनीहरूको डेटिङका बारेमा उनका श्रीमानलाई पनि थाहा भएको रहेछ । त्यही थाहा पाएर चियो गर्दै आएका श्रीमानले जब आफ्नी श्रीमतीलाई ब्यायफ्रेण्डका साथ कारमा देखे । त्यसपछि उनको रिसको पारो चढेछ र सटगन निकालेर नौ राउण्ड फायर गरेछन् । त्यही फायरका क्रममा श्रीमती र उनको ब्यायफ्रेण्डको घटनास्थलमै मारिए ।

घटनास्थलबाट भाग्न लाग्दा कसैले उसलाई पनि गोली हान्न लागेको जस्तो लागेर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताइएको छ । तर, कसैले भने त्यहाँ रहेको अर्को बन्दुकधारीले उसलाई गोली प्रहार गरेको पनि बताएका छन् । प्रहरीले अहिले त्यस कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ ।

बन्दुकधारी श्रीमानको पहिचान यायो भरेला जुनियरका रूपमा भएको छ । उनको परिवारका सदस्यले उनको सनाखत गरेका छन् ।

श्रीमान र श्रीमतीको काम गर्ने सिफ्ट फरक फरक हुँदा कतिपय श्रीमान र श्रीमतीको त महिनौ भेट हुदैन। यसरी भेट हुन छोडेपछि सिफ्ट मिल्ने सहकर्मी वा अरू कसैलाई पार्टनर बनाएर यौन आनन्द लिने आमचलन चलेको छ।

परिवारका एक सदस्यले बताएअनुसार श्रीमतीले नयाँ ब्यायफ्रेण्ड बनाएर बाहिरी रोमान्स गरेको उनलाई पटक्कै मन परेको थिएन । उनले त्यसो नगर्न र गर्ने नै भए पनि डिभोर्स गरेर गर्न श्रीमतीलाई सम्झाए पनि नमानेपछि दु:खद घटना भएको पनि उनले बताएका छन् ।

प्रहरीले गोली प्रहार गर्ने अभियुक्तको नाम सार्वजनिक गरे पनि मारिएकी श्रीमती र उनको केटासाथीको नाम भने सार्वजनिक गरेको छैन।

अमेरिकामा खासगरी निम्म मध्यमवर्गीय कामकाजी दम्पतिमा बिबाहेत्तर सम्वन्ध प्रचुर मात्रामा पाइन्छ। र, यो एक ओपन सिक्रेटजस्तै पनि छ।

श्रीमान र श्रीमतीको काम गर्ने सिफ्ट फरक फरक हुँदा कतिपय श्रीमान र श्रीमतीको त महिनौ भेट हुदैन। यसरी भेट हुन छोडेपछि सिफ्ट मिल्ने सहकर्मी वा अरू कसैलाई पार्टनर बनाएर यौन आनन्द लिने आमचलन चलेको छ। त्यस्तो गर्न नचाहने वा नपाउने कृत्रिम यौनसाधनको प्रयोग गरेर पनि काम चलाउने गर्छन् । अधिकांशका लागि यो सामान्य र पाच्य भए पनि केही केहीका लागि यो अपाच्य र असामान्य लाग्छ । 

यो घटना त्यस्तो नचाहने श्रीमानले घटाएको अपवाद घटना हुनसक्ने अमेरिकी समाजका जानकारहरू बताउँछन् । 

'यसको पछाडि बन्दुकको सहजता सहायक कारण मात्र हो, मुख्य कारण अमेरिकी समाजको तीतो विवशता नै हो', एक समाजशाश्त्रीले स्थानीय एक सञ्चारमाध्यमलाई बताएका छन् ।   

प्रकाशित मिति: : 2019-11-19 08:16:39

प्रतिकृया दिनुहोस्