कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

तस्बिरः एजेन्सी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्।

राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उनले उक्त माग गरेका हुन्। अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो।

न्युयोर्क स्थित जिल्ला वकिलको कार्यालयमार्फत् राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उनले बताए। फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई कर सम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रुपमा लिइएको छ।

यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गतका कागजपत्रहरु अदालतले माग गरेको थियो । ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा बाहाल रहेका बेला उनिविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन्।

उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2019-11-15 14:29:08

प्रतिकृया दिनुहोस्