अमेरिकाको अर्को एक स्कूलमा 'मास सुटिङ' : दुई मारिए, तीन गम्भीर घाइते

अमेरिकामा विहीबार भएको एक अर्को मास सुटिङको घटनामा दुईजना विद्यार्थी मारिएका छन् भने पाँचजना गम्भीर घाइते भएका छन् ।

घटना पश्चिमतटीय राज्य क्यालिफोर्नियाको स्यान्टा क्लेरिटास्थित सगस हाइस्कूलमा भएको हो । स्कूल लस एञ्जलसबाट ३० माइल उत्तरमा रहेको छ ।

मारिनेमा १६ वर्षीया एक छात्रा र १४ वर्षीय एक छात्र रहेको बताइएको छ ।

बन्दुकधारी १६ वर्षिय त्यही स्कुलको छात्र रहेको बताइएको छ । उसको पहिचान न्याथेनियल बेर्हवका रूपमा भएको र उसको पनि गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ । 

बन्दुकधारीले झोलामा रहेको ह्याण्डगन निकालेर १६ सेकेण्डमा घटना घटाइसकेको बताइएको छ । उसले आफूलाई गोली दाग्नुअघि पाँचजनालाई गोली प्रहार गरिसकेको थियो । 

घटना विहान स्कुल सुरू हुनुभन्दा ठीक अगाडि भएको थियो ।

बन्दुकधारी बेर्हवको आजै १६औं जन्मदिन भएको बताइएको छ ।

यो घटनालाई लिएर अमेरिकी राजनीतिमा समवेदनाको राजनीति सुरू भएको छ । बन्दुक आतंकको विरोध गर्नेहरूले यसका लागि रिपब्लिकन पार्ट र वर्तमान राष्ट्रपतिको बन्दुक मोह जिम्मेवार भएको बताएका छन् ।

तर, राष्ट्रपति ट्रम्प त्यो मान्न तयार छैनन् । उनले घटनाप्रति दु:ख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । 

 

 

प्रकाशित मिति: : 2019-11-15 08:30:45

प्रतिकृया दिनुहोस्