अमेरिकी राष्ट्रपति पदकी प्रत्यासी वारेनको 'नेपाली प्रोक्सिमिटी'

एलिजावेथ वारेनको नेपाली प्रोक्सिमिटी । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

प्रोक्सिमिटी अर्थात् नजिकपनले समाचारको महत्वमा आनको तान फरक पार्छ ।  त्यसमा पनि मस्तिस्कले भन्दा पनि मनले चल्ने नेपाली जातिका लागि त यसको भनेसम्मकै महत्व हुन्छ ।

यस्तै एउटा प्रोक्सिमिटीसँग सम्बन्धित समाचार नेपालीका लागि मिलेको छ । समाचारको प्राथमिक स्रोत अमेरिका भएकाले अमेरिकाको नेपाली डायस्पोराका लागि यो समाचार अरू महत्वपूर्ण भएको छ ।

समाचार नेपाली महिलासँग सम्बन्धित समाचारलाई इण्डोर्समेन्ट गर्दै सेयर गरेकोसँग सम्बन्धित छ । सामान्य मानिसले सेयर गरेको भए यसको खासै अर्थ पनि हुदैनथ्यो । तर, यो समाचार अमेरिकी राजनीतिकै एक टावर पर्सनालिटीले इण्डोर्स गर्दै सेयर गरेकाले यसले कम्तिमा पनि नेपाली जातिको ध्यानाकृष्ट गरेको छ ।

प्रसंग अमेरिकी सिनेटर तथा सन् २०२० का लागि राष्ट्रपति पदकी डेमोक्रेटिक आकांक्षी एलिजावेथ वारेनले सेयर गरेको एक समाचारको हो । उनले बज फिड न्युजका लागि भृकुटी राई र निसिता झाले तयार पारेको Trump's Anti-Abortion Policies Have Created A Nightmare For Women In Nepal शीर्षकको नेपाली महिलाहरुको समाचार शेयर गर्दै वारेनले ट्विटरमा लेखेकी छन्  ‘ट्रम्प प्रशासनले ग्लोबल ग्याग रुलको विस्तारको विश्वभर विनासकारी प्रभाव परेको छ, दशौँ लाखले सुरक्षित प्रजनन् स्वास्थ्य पाउन सकेका छैनन्। जब म राष्ट्रपति हुन्छ, म ग्लोबल ग्याग रुल परिवर्तन उल्ट्याइदिन्छु । ’ 

मूल समाचारको लिंक हो यो 
Trump's Anti-Abortion Policies Have Created A Nightmare For Women In Nepal

स्मरणीय छ, ग्लोबल ग्याग रुल अमेरिकी सहयोग प्राप्त गर्ने गैरसरकारी संस्थालाई गर्भपतन गराउने वा रेफर गर्ने, गर्भपतनसम्बन्धी अभियान सञ्चालनको समर्थन गर्ने गैरसरकारी संस्थालाई रोक्ने कानुन हो । यो कानुन  सन् १९८४ मा दक्षिणपन्थी रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति भएपछि लागु गरिएको थियो । त्यही कानुन बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले लागु गरेका छन् । 

डेमोक्रेटिक राष्ट्रपति आकांक्षी वारेन यो कानुनको विरोधमा छिन् । 

प्रगतिशील विचारधारा बोक्ने वारेन अमेरिकाकै चर्चित राजनीतिज्ञ हु्न् । लामो समयदेखि म्यासाच्युसेट्स राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्दै रहेकी उनी यसपटक डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी आकांक्षी रहेकी छिन् । जनमतमा उनी अर्का डमोक्रेटिक आकांक्षी जो बाइडेनलाई पछ्याइरहेकी छिन् । 

प्रकाशित मिति: : 2019-11-05 20:59:02

प्रतिकृया दिनुहोस्