अमेरिकामा अर्को वर्ष आजकै दिन राष्ट्रपति चुनाव : दोहोरियलान् त ट्रम्प ?

दोहोरियलान् त ट्रम्प ? फाइल तस्बिर : एजेन्सी

आज नोभेम्बर ३, २०१९ । अर्को वर्ष ठीक आजकै दिन अमेरिकाको ४६औं राष्ट्रपतिका लागि चुनाव भैरहेको हुनेछ । 

सबैका सामु एउटै प्रश्न छ-  त्यो दिनले वर्तमान राष्ट्रपति ट्रम्पलाई विदा गर्छ या अर्को चार वर्षका लागि उनलाई खप्नुपर्ने निर्णय गर्छ ?

हुन त अहिले नै ट्रम्प राष्ट्रपतिका आधिकारिक उम्मेद्वार भैसकेका छैनन् । उनका सामु दुईवटा तगारा बाँकि नै छन् ।

पहिलो, महाअभियोग । उनीविरूद्ध अमेरिकी तल्लो सदनमा महाअभियोग प्रक्रिया सुरू भैसकेको छ । तर, अहिलेसम्मको स्थितिमा उनले यो तगारो खोल्ने सम्भावना बढी छ । तल्लो सदनले बन्द गर्ने तागत राखे पनि माथिल्लो सदन सिनेटमा त्यो तागत देखिएको छैन । 

दोस्रो, प्राइमरी चुनाव । सामान्यत: वहालवाला राष्ट्रपतिविरूद्ध प्राइमरी चुनाव हुदैन । तर, यसपटक ट्रम्पविरूद्ध तीनजना रिपब्लिकन बिल वेल्ड, मार्क सानफोर्ड र जो वाल्शले  उम्मेद्वारी घोषणा गरेका छन् । यो तगारो पनि खासै छैन । पहिला त यी उम्मेद्वार अन्तिम समयसम्म टिक्लान् भन्ने नै विश्वास छैन । दोस्रो टिकिहाले पनि अहिलेसम्मको स्थिति हेर्दा उनीहरू ट्रम्पका लागि प्रतिस्पर्धी होलान् भन्ने नै छैन ।

अहिलेको स्थितिमा यी दुबै तगारा उनका लागि खासै चुनौतिपूर्ण देखिएका छैनन् । तर, राजनीतिमा रात रहे अग्राख पलाउने भएकाले अहिले नै ठ्याक्कै यसै हुन्छ चाँहि भन्न सकिन्न । 

उता, डेमोक्रेटिक पार्टीमा सुरूमा २४ जना प्रतिस्पर्धी देखिए पनि त्यो घटेर अहिले १७ जनामा आइपुगेको छ । ती १७ जनामा जोन बाइडन, एलिजावेथ वारेन, बर्नी स्याण्डर्स, माइकल बेनेट, कोरी बुकर, स्टीभ बुलक, कमला ह्यारिस, पिट बुटाजज, तुल्सी गब्बार्ड, हुलियन क्यास्ट्रो, जोन डेलानी, वायन मेसम, एन्ड्रयु यांग, एमी क्लोबुचार, जो सेस्टाक, टम स्टेयर र मरिन विलियम्सन रहेका छन् ।

पछिल्लो मत सर्भेक्षणहरूले जोन बाइडन, एलिजावेथ वारेन र बर्नी स्याण्डर्स क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा उम्मेद्वार हुन् । यिनीहरूमध्ये एकले नै डेमोक्रेटिक प्राइमरी जित्ने आँकलन गरिदैछ । पछिल्लो स्थितिलाई हेर्ने हो भने पूर्वउपराष्ट्रपति जो बाइडन नै गधा प्रत्यासी हुने प्रवल सम्भावना रहेको छ । 

अमेरिकी राजनितिका पण्डितहरू भन्छन्, सा् २०२० को नोभेम्बर ३ मा ट्रम्प र बाइडेन आम्नेसाम्ने हुनेछन् । अहिलेको अवस्थामा उनीहरूबीचको प्रतिस्पर्धा बराबरीकै छ । तर, ट्रम्प धेरै बाठो भए भने आफ्नै कारणले हार्न सक्छन् । ट्रम्पको त्यही कमजोरी बाइडनको जीतको कारण बन्न सक्छ । 

प्रकाशित मिति: : 2019-11-04 05:45:03

प्रतिकृया दिनुहोस्