अमेरिकाको क्यालिफोर्नियामा मास सुटिङ : कम्तीमा तीन मारिए, नौ घाइते

लङ बिच मास सुटिङ । तस्बिर : एजेन्सी

अमेरिकाको क्यालिफोर्निया राज्यको लङबिचमा भएको एक मास सुटिङ घटनामा कम्तिमा तीनजना मारिएका छन् भने नौजना घाइते भएका छन् ।

एक घरमा पार्टी भैरहेको बेला मंगलबार राती स्थानीय समयअनुसार ११:५० मा घटना भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको जनाइएको छ । केही घाइतेको गम्भीर अवस्था रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

घटना के कारणले भएको हो ?, अनुसन्धान जारी रहेको बताइएको छ र यो समाचार तयार पारून्जेल कोही पनि पक्राउ नपरेको पनि प्रहरीले बताएको छ ।

घटना नश्लवादी आक्रमण हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । 

 

प्रकाशित मिति: : 2019-10-30 18:09:44

प्रतिकृया दिनुहोस्