अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा : मारिए आईएस नेता अल-बग्दादी

विश्वमै सबैभन्दा बढी खोजिएका व्यक्ति अल-वग्दादी । फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट (आइएस) का प्रमुख नेता अबु बक्र अल-बग्दादी मारिएको घोषणा गरेका छन् ।

उनले ह्र्वाइट हाउसकाट प्रत्यक्ष सम्बोधन गर्दै भने- ' उ कुनै कायरको जस्तै मारियो । अब विश्व अझै सुरक्षित भएको छ । गाँड–ब्लेस अमेरिका । अबु बकर अल बग्दादी मारिएको छ । 

ट्रम्पका अनुसार अमेरिकी सेना आएको थाहा पापाएपछि बग्दादी आफू लुकिरहेको सुरूङबाट आफ्ना बच्चासहित भाग्न खोजेका थिए । तर, कतैबाट भाग्ने ठाउ नदेखिएपछि आफुसँगै रहेको आत्मघाती बम विस्फोट गराएर तीन बच्चासँगै आफु पनि मारिए ।

ट्रम्पले अगाडि भने , ‘म बग्दादी मारिएको घटनाको पुष्टि गर्छु, अमेरिकी कुकुरले बग्दादीलाई खुब लखेटे, उ लगातार रोइरहेको थियो, चित्कार गरिरहेको थियो । चिच्याइरहेको थियो ।’ घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ ।

अल-वग्दादी सिरियाको उत्तरपश्चिमी क्षेत्रमा अमेरिकी फौजद्वारा मारिएका हुन् ।

उनीमाथिको कारबाहीमा तीन नावालिग र दुई महिला पनि मारिएको पनि ट्रम्पले बताए ।

‘उ कुनै कायरको जस्तै मारियो । अब विश्व अझै सुरक्षित भएको छ । गाँड–ब्लेस अमेरिका । अबु बकर अल बग्दादी मारिएको छ’, ट्रम्पले भन्नुभयो । अमेरिकी सेना आएको थापापाएपछि बग्दादी आफ्ना बच्चासहित सुरुङबाट भाग्न खोजेका थिए । तर, त्यो सफल हुन नसकेको ट्रम्पले बताउनु भयो । कतैबाट भाग्ने ठाउ नदेखिएपछि आफुसँगै रहेको आत्मघाती बम विस्फोट गराएर तीन बच्चासँगै आफुपनि मारिए ।

आइतबार बिहान नौ बजे गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो , ‘म बग्दादी मारिएको घटनाको पुष्टि गर्छु, अमेरिकी कुकुरले बग्दादीलाई खुब लखेटे, उ लगातार रोइरहेको थियो, चित्कार गरिरहेको थियो । चिच्याइरहेको थियो ।’ घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि शनिबार नै राष्ट्रपति ट्रम्पले अमेरिकी पूर्वीय समयानुसार आइतबार विहान एक महत्वपूर्ण घोषणा हुने भनेर ट्रायल बलुन गरेका थिए । 

अमेरिकी सेनाले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा कारबाही गरिरहेको सन्दर्भमा धेरैले त्यो महत्वपूर्ण घो्षणाको पूर्वअनुमान गरेका थिए । 

अमेरिकाका मूलधारका प्रमुख सञ्चारमाध्यमले त अपुष्ट सूत्रलाई उदृत गर्दै अल-बग्दादी मारिएको हुन सक्ने समाचार नै बाहिर ल्याएका थिए ।

ठोस जासुसी सूचना प्राप्त गरेपछि अमेरिकी विशेष फौजले कारबाही गरेको बताइएको छ । 

यसअघि पनि पटक पटक अल-बग्दादी मारिएको समाचार बाहिरिएका थिए । 

तर, ती समाचारपछि झुट सावित भएका थिए ।

अल-बग्दादी विश्वका सबभन्दा खोज गरिएका व्यक्ति ठानिन्छन् । उनी एक इराकी इस्लामिक धर्मगुरू थिए । 

प्रकाशित मिति: : 2019-10-27 20:42:38

प्रतिकृया दिनुहोस्