नेपालसँग अमेरिका रूष्ट : यी हुन् रूष्ट हुनुका तीन कारण

एलिस जी वेल्स : बढ्यो चीनको चुरीफुरी- सहनु कसो गरी ? एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

चीनका राष्ट्रपति सी चिनफिङलाई भित्राएर जम्मा पारेको नेपालको खुशीमा अमेरिकाले चिसो पानी खन्याइदिएको छ । 

अमेरिका नेपालसँग खुशी छैन । उसले खुशी नहुनुका तीन कारण अमेरिकी संसदको एउटा उपसमितिमै औपचारिक रूपमा रेकर्ड गरेको छ । 

अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले एसिया तथा प्यासिफिक परराष्ट्र मामिलासम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय उपसमितिमा नेपालसम्बन्धी ब्रिफिङ गरेकी छिन् । उनका अनुसार अमेरिका खुशी नहुनुका तीन कारण छन्- 

पहिलो, नेपालमा चिनियाँ प्रभाव बढ्दो छ । जसले गर्दा नेपालमा तिब्वती शरणार्थीहरूले दलाई लामाको जन्मोत्सव मनाउनसमेत पाएका छैनन् । उनीहरूको धार्मिक स्वतन्त्रता हनन भएको छ ।

दोस्रो, धार्मिक अल्पसंख्यकमाथि ज्यादति भएको छ । खासगरी धर्म परिवर्तन गरेर क्रिश्चियन धर्म लिन चाहनेले त्यसो गर्न सकेका छैनन् ।

 

तेस्रो, नेपालमा पछिल्लोपटक मिडियामाथि अंकुश लगाउने खालको कानुन निर्माण भैरहेको छ । यसले प्रेस स्वतन्त्रता हनन गर्छ । 

ओली सरकारले क्याविनेटबाटै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच सुपुर्दगी सन्धी गर्ने निर्णय गरेको थियो। यो निर्णयप्रति उसको गम्भीर असहमति थियो । र, उसले कूटनीतिक च्यानलबाट त्यो सन्धी नगराउन लविङ गर्यो । परिणामत: कार्यसूचीमा चढेर पनि सन्धीमा हस्ताक्षर हुन सकेन । 

अमेरिकाको मूल चासो र चिन्ता स्वतन्त्र तिब्बतको पक्षमा नेपालमा गतिविधि गर्न पाइने कि नपाइने भन्ने नै हो । तिब्बती शरणार्थीले निर्वाध रूपमा गतिविधि गर्न पाए अमेरिका खुशी हुने र नपाएँ रूष्ट हुने गर्छ । उसले भन्ने गरेका अरू कारण भने मूल कारण हैनन, सहायक मात्र हुन् ।

ओली सरकारले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच सुपुर्दगी सन्धी गर्ने क्याविनेटबाटै निर्णय गरेको थियो । यो निर्णयप्रति उसको गम्भीर असहमति रहेको थियो । र, उसले कूटनीतिक च्यानलबाट त्यो सन्धी नगराउन लविङ गर्यो । परिणामत: कार्यसूचीमा चढेर पनि सन्धीमा हस्ताक्षर हुन सकेन । 

अमेरिका नेपाल र चीनबीचको सुमधुर सम्बन्धको पक्षमा छैन । र , उसलाई चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण पनि मन परेको छैन । 

हुन त अमेरिका इण्डो-प्यासिफिक गठबन्धनमा सहभागी हुन्छु भन्ने वचन दिएर पनि त्यो पूरा नगरेको भनेर नेपालसँग रूष्ट हुँदै आएको छ । त्यो चिसोपनको आयतन बढाउने काम चिनियाँ राष्ट्रपतिको भ्रमणले गरेको हो ।  

 

प्रकाशित मिति: : 2019-10-24 05:51:35

प्रतिकृया दिनुहोस्