ट्रम्पलाई अर्को संकट, इराकले राख्न नदिने भयो अमेरिकी सेना

सिरियाबाट दक्षिण इराकतिर बढ्दैथिए अमेरिकी सैनिक, इराकले भन्यो प्रवेश निषेध । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को समस्या सिर्जना भएको छ । उनले सिरियाबाट फर्काइने अमेरिकी सैनिकलाई इराक लैजाने तयारी गरिरहेको बेला त्यहाँको सरकारले उनीहरूलाई बस्न नदिने बताएको छ ।

सिरियाबाट सेना फर्काएपछि उत्पन्न परिस्थितिले संकटमा परेका ट्रम्पले ती सेनालाई इराकमा राखेर कारवाही निरन्तर राख्ने निर्णय गरेका थिए ।

तर, इराकी सेनाले ती अमेरिकी सेनालाई त्यहाँ बस्ने अनुमति नभएको जनाएको छ ।  

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सिरियाबाट फिर्ता भएको अमेरिकी सैनिकलाई दक्षिणी इराकमै राखेर कारवाही निरन्तर राख्ने बताएलगत्तै इराकी सेनाले यस्तो प्रतिक्रिया दिएको हो । 

अमेरिकाले भने टर्कीको दबावसँगै आफ्ना एक हजार सैनिकलाई सिरियाबाट फिर्ता गर्दै इराकी भूभागमा तैनाथ गर्ने योजना बनाएको हो ।

प्रकाशित मिति: : 2019-10-22 18:52:31

प्रतिकृया दिनुहोस्