सिरियामाथि टर्कीले गरेको सैन्य हमलाबारे प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'आफ्नो सीमा नभएको' प्रतिक्रिया दिएका छन्।
उनले जिहादी समूह इस्लामिक स्टेटविरुद्धको लडाइँमा अमेरिकालाई सघाएका कुर्दहरू 'कुनै देवदूत नभएको' पनि टिप्पणी गरे।गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको भन्दै अमेरिकाको देशभित्रै र अन्तर्राष्ट्रिय रूपमा तीव्र आलोचना भइरहेको छ।
तर ह्वाइटहाउसमा संवाददाताहरूसँगै कुरा गर्दै ट्रम्पले अमेरिका अरूको रेखदेख गरेर बस्ने निकाय नभएको बताए र भने, 'अहिले हामी सबैको लागि घर जाने बेला हो।'
'मुर्ख नहुनु सुझाव':
ट्रम्पले बुधबार टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई पत्र लेखेर सिरियामा कुर्दिसविरुद्ध हमला रोक्न अपिल गरेका छन् । ट्रम्पले अर्दोआनलाई मुर्ख नबन्न पनि भनेका छन् । यस्तो नगरे उनलाई इतिहासमा शैतानको रुपमा याद गरिने खतरा भएको बताएका छन् । ट्रम्पले अर्दोआनसँग सिरियाको विषयमा उनीसँग सम्झौता गर्न पनि अपिल गरेका छन् ।
न्यूज एजेन्सीका अनुसार ट्रम्पले चिट्ठीमा अर्दोआनसँग भने, ‘तपाईं हज्जारौंको नरसंहारका लागि जिम्मेवार बन्न चाहनुहुन्नँ र म टर्कीको अर्थव्यवस्था बर्बाद गर्ने व्यक्ति बन्न चाहन्नँ । तर म के गरुँ । यदि विवाद मानवतावादी तरिकाले सुल्झिएन भने इतिहासले तिमीलाई राम्रो नेताको रुपमा हेर्नेछन् । तर राम्रो भएन भने तिमीलाई शैतानको रुपमा याद गर्नेछन् । त्यसकारण मुश्किल व्यक्ति नबन, मुर्ख नबन । म तिमीलाई पछि फोन गर्नेछु ।’
ट्रम्पको कदमप्रति विरोध:
अमेरिकाको तल्लो सदनको भारी मतले उत्तरपूर्वी सिरियाबाट कुर्दहरूलाई एक्लै छाड्दै अमेरिकी सेना फिर्ता लग्ने ट्रम्पको कदमप्रति विरोध जनाएको छ।गत साता सेना फिर्ता लग्ने अमेरिकी निर्णय लगत्तै सिरियाली कुर्दमाथि टर्कीले सैन्य हमला सुरु गरेको थियो।उक्त खेद प्रस्ताव पारित गर्न मतदान गर्नेमा विपक्षी डमोक्र्याट्सहरू बाहेक १२९ रिपब्लिकन सांसदहरू समेत थिए।
अर्दोआनले अमेरिकी उपराष्ट्रपतिलाई भेट्न अस्विकार गरे, त्यसपछि पुनः मानेः
अमेरिकी मिडिया रिपोर्ट अनुसार टर्कीमाथि प्रतिबन्धको घोषणापछि नै अर्दोआन ट्रम्पसँग रुष्ट छन् । बुधबार अमेरिकी राष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पियो उनीसँगको कुराकानीका लागि टर्की पुगे । यद्यपि, सुरुमा अर्दोआनले उनीसँग भेट्न अस्विकार गर्दै सिरिया मामलामा उनी ट्रम्पसँग मात्रै कुरा गर्ने बताएका थिए तर पछि उनले आफ्नो बयान फिर्ता लिए ।
टर्कीको हमलाबाट सिरियामा १.६ लाख विस्थापितः
सिरियामा टर्कीको हमलाको असर लाखौंमाथि परेको छ । संयुक्त राष्ट्रले हमलाका कारण १ लाख ६० हजार विस्थापनका लागि बाध्य भएको बताएको छ । यसबाहेक १० बढी कुर्दिस नेताबाहेक थुप्रै सर्वसाधारणले पनि ज्यान गुमाइसकेका छन् ।