ट्रम्पले खारेज गरे महाअभियोगको प्रक्रिया : अब के हुन्छ ?

बढ्दैछ प्रतिष्ठायुद्ध- घचेटिदैछ अमेरिका संवैधानिक संकटतिर । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकामा ह्वाइट हाउस र क्यापिटल हिलको शक्तिसंघर्ष अप्ठ्यारो मोडमा आइपुगेको छ । 

क्यापिटोल हिलको तल्लो सदनले राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोगको प्रक्रिया सुरू गरिसकेको छ भने ह्वाइट हाउसका मुखिया ट्रम्पले त्यो प्रक्रियालाई नै दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेका छन् । उनका वकिलले डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै महाभियोगको छानबिनलाई नसघाउने स्पष्ट पारेका छन् ।

उनले लेखेको पत्रमा राष्ट्रपतिविरूद्धको महाअभियोग छानबिन पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएको बताइएको छ । पत्रमा अगाडि लेखिएको छ- 'अमेरिकी जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्नाका निमित्त…राष्ट्रपति ट्रम्प तथा उनको प्रशासन वर्तमान परिस्थितिमा तपाइँको यो पक्षपातपूर्ण एवं असंवैधानिक छानबिनमा सहभागी हुन सक्दैनन् ।'

राष्ट्रपति ट्रम्पका तर्फबाट पठाइएको यस पत्रलाई सभामुख न्यान्सी पेलीसीले बर्बरतापूर्ण कदम भनेर निन्दा गरेकी छिन् । त्यसो गरेर राष्ट्रपतिले छानबिनमा बाधा पुर्‍याउन खोजेको बताउँदै उनले अगाडि भनिन्, 'हामीमध्ये कोही पनि राष्ट्रपतिलाई महाभियोग लगाउन भनेर संसदमा पुगेका होइनौ । यो त हाम्रो देशको लागि एकदम गम्भीर विषय हो । राष्ट्रपतिले कंग्रेसलाई आवश्यक जानकारी लिने काममा बाधा गरेका छन् ।'

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका निम्ति उनका राजदूत गोर्डन सन्डल्यान्डलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए। 

यो पनि हेर्नुहोस् 
नेपालको व्याण्डमा महिला राख्ने पहिलो नोपल प्रहरी (भिडियो सहित)
उनको आदेशपछि राजदूतलाई एक मुख्य साक्षीको रूपमा बयान दिन पत्र काटिएको छ । 

युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि महाअभियोग प्रक्रियाका लागि छानबिन भइरहेको छ । ट्रम्पले त्यही छानबिनलाई असंवैधानिक भन्दै नसघाउने बताएका हुन् । 

यतिबेला अमेरिकी राजनीतिक वृतको केन्द्रमा एउटा प्रश्न उभिएको छ- अब के हुन्छ त ? 

यस प्रश्नको उत्तर समयक्रममा पाइएला तर अहिले भने कसैसँग पनि छैन । तर, धेरैले एउटै कुरा भनिरहेका छन्- ट्रम्प आगामी दिनमा कसरी प्रस्तुत हुन्छन् , त्यसैमा अबको अमेरिकी राजनीति निर्भर रहन्छ ।

अहिलेकै दिशामा घटनाक्रम बढ्दै जाने हो भने अमेरिकामा संवैधानिक संकट आउने सम्भावना बढ्दो छ । 

प्रकाशित मिति: : 2019-10-10 04:01:36

प्रतिकृया दिनुहोस्