टर्कीले थाल्यो सिरियामाथि आक्रमण : अमेरिकामा बढ्यो ट्रम्पको संकट

बढ्दैछ संकट ट्रम्पको : कुर्द पनि रिसाए, रिपब्लिकन पनि खुशी भएनन् ! तस्बिर : एजेन्सीका साथमा ब्रेक एन लिंक्स ग्राफिक्स

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय महंगो सावित हुदैगएको छ ।

ट्रम्पले त्यहाँ तैनाथ एकहजार अमेरिकी सेनालाई फिर्ता गर्ने निर्णयलगत्तै उत्तरी सिरियामा अमेरिका समर्थित कुर्दिश बिद्रोहीविरूद्ध आक्रमण सुरू गरेको छ । 

टर्कीले सिरिया सरकारको आग्रहमा त्यहाँका राष्ट्रद्रोही आतंकवादीविरूद्ध आक्रमण सुरू गरेको बताएको छ । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले कारबाही शुरू गरिएको पुष्टी गरेका हुन् । 

उनले यो आक्रमण सिरियाको सार्वभौमसत्ताको रक्षाकम लागि कुर्दिश मिलिसिया र इसलामिक इस्टेटविरुद्ध रहेको जनाएका छन्।

यो पनि हेर्नुहोस् 
पूर्व उपसचिव शन्तिप्रिया उपाध्यायको स्वास्थ्य अवस्था बिग्रदैं । बिएल नेपाली सेवाको फलोअप
आक्रमणबाट अमेरिका समर्थित कुर्दिश नेतृत्त्वको सिरियन डेमोक्र्याटिक फोर्स स्तब्ध भएको छ । उसका एक नेताले यो सबै ट्रम्पको गलत निर्णयका कारण भएको आरोप लगाएका छन् । उनले भनेका छन्- ' ट्रम्पको यो निर्णय पिठ्यूँमा छुरा घोपेजस्तै छ । यसबाट हामीलाई धोका भएको छ ।' 

उता, आक्रमण सुरू भएलगत्तै अमेरिकामा रिपब्लिकन पार्टीकै शीर्ष नेताहरूले पनि ट्रम्पको यस निर्णयलाई आत्मघाती निर्णय भन्दै आलोचना गरेका छन् । उनीहरूले यसबाट अमेरिकी राष्ट्रिय सुरक्षामा समस्या सिर्जना हुने बताउँदै इस्लामिक इस्टेटविरुद्धको लडाइँ अफ्ठ्यारोमा पर्ने बताएका छन् ।

यसअघि नै डेमोक्रेट्स नेताहरूले राष्ट्रपति ट्रम्पको निर्णयको विरोध गरेका थिए । अब रिपब्लिकनहरू पनि विरोधमा उत्रेपछि डमोक्रेट्स र रिपब्लिकनहरू नजिकिएका छन् । यसले महाअभियोगको प्रक्रिया सुरू भैसकेका ट्रम्पको मुस्किल अरू बढ्नसक्ने अनुमान राजनीतिक पर्यवेक्षकहरूले गरेका छन् ।

यसैबीच ट्रम्पले कुरा फेरेको संकेत गरेका छन् । उनले सबै अमेरिकी सेना फिर्ता गर्ने नभएर ५० जनामात्र फर्काउन लागिएको बताएर फेस सेभिङ गर्न लागेको बताइन्छ । 

प्रकाशित मिति: : 2019-10-10 03:02:35

प्रतिकृया दिनुहोस्