न्युयोर्कमा पनि दशै-टीका विवाद : केही अक्टोबर ७, धेरै ८ !

न्युयोर्कमा पनि दशै-टीका विवाद: थोरै अक्टोबर ७, धेरै ८ ! एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

उनले नेपालभन्दा एक दिन अगाडि नै सोमबार विहान ११ बजेर २१ मिनेट जाँदा न्युयोर्कमा दशैंको टिका लगाउने शुभ साइत रहेको वयान जारी गरेका छन् ।

शाश्त्रीको यो वयानवाजीले गर्दा न्युयोर्कको नेपाली समुदाय पनि विभाजित भएको छ । 

केहीले शाश्त्रीले अनावश्यक विवाद ल्याएर नेपाली समुदाय विभाजित गर्न खोजेको भनेर उनको निन्दा गरेका छन् । जीवन रेग्मी आक्रोश पोख्दै भन्छन्- हिन्दूधर्म यस्तै पण्डाहरूले गर्दा उधो लाग्दै गएको हो । यीनले आफ्ना जजमान त घटाए नै, रिजउडको नेपाली मन्दिरलाई पनि विभाजनमा ल्याउने भए । 

यी पनि पढ्नुहोस् 

असोज २१ /अक्टोबर ८ मंगलबार विहान १०:३५ दशै-टीकाको शुभ साइत

दशैंको टीका अक्टोबर ७ मा कि ८ मा : कहीँ नभएको जात्रा डल्लासमा !

दसैंको बाडुली

मलाई मेरो बाइलाइन 'सुसाइड नोट' बनाउनु छैन

तर, केहीलाइ शाश्त्रीले गरेको ठीकै लागेको छ । त्यहीमध्येका एक बलराम आचार्य उनी भन्छन् - 'दशैंको टीका तिथिअनुसार नै लगाउने चलन छ । त्यसैले यदि सोमबार नै दशमी तिथि पर्छ भन्ने अन्यथा मान्नु हुदैन ।'

पुकार पराजुली भने- अब नेपाली संसारभर पुगिसके । सबैले नेपालकै समयानुसार टीका लगाउँदा यसको एकरूपमा र महत्व दुबै थियो । अब त ठाउँअनुसार दशैं हुने भयो । उनले अगाडि थपे, 'हिन्दू धर्म यसै पनि संकटमा पर्दै गएको थिय, यस्तो किसिमको विवादले थप अप्ठ्यारोमा पर्ने भयो ।' 

ब्रेक एन लिंक्सले न्युयोर्कका २० जनालाई फोन गर्दा ३ जना अक्टोबर ७ मा टीका लगाउने भेटिए भने बाँकि अक्टोबर ८ मा । यसले के देखाउँछ भने ठूलो संख्यामा यहाँका नेपालीले दशैलाई नेपालकै तिथिमितिमा पछ्याउने भए पनि केहीले भने एकदिन अगाडि नै टीका लगाउने भएका छन् ।

प्रकाशित मिति: : 2019-10-07 02:34:15

प्रतिकृया दिनुहोस्