एनआरएन अमेरिकामा पौडेल र जोशीबीच जुङाको लडाइँ : काठमाडौं जाने प्रतिनिधि नै अस्वीकृत

पोैडेल र जोशीको जुङाको लडाइँ : एनआरएन अमेरिकाको मिचाइँ । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

एनआरएन नआरएन अमेरिका फेरि एकपटक विवादमा तानिएको छ । यसपटक वर्तमान अध्यक्ष डा. केशव पौडेल र आरसी गौरीराज जोशीबीचको शितयुद्धका कारण एनआरएन अमेरिकाको प्रतिनिधि छनौट विवादित वनेको हो ।

आसन्न निर्वाचनमा डा पौडेल महासचिवमा र जोशी सचिवमा उमेद्वार भएकोले उनीहरु आफ्नो पोल्टामा वढीभन्दा बढी प्रतिनिधि वनाउने होडमा रहेकाले प्रतिनिधि छनौट विवादित वनेको हो । छनौट कमिटीले तयार गरेको नामावली कार्यसमितिका बहुमत पदाधिकारीले अस्वीकृत गरिदिएका छन् । नामावलीलाई अनुमोदन गर्न आज वसेको कार्यसमितिको वैठकले अस्वीकृत गरेको हो ।

एनआरएन अमेरिकाका सचिव अमृत कट्टेलले नामावली अस्वीकृत गरेको सामाजिक सन्जालमा सार्वजानिक गरेका छन् । उनका अनुसार कार्यसमितिका १३ जनाले छनौट समितिको नामावली अस्वीकृत गरेका छन् । जसमा सचिव कट्टेलसहित क्षेत्रिय उपाध्क्ष सर्वज्ञ वाग्ले र कृष्णजीवि पन्त छन् । त्यसैगरी युवा संयोजक विनोद रुवाली र महिला संयोजक दिक्षा वस्नेत छन् । छनौट कमिटिको नामावलीलाई अस्वीकृत गर्नेहरुमा वोर्ड सदस्यहरु सत्य चौधरी, जीवन जोशी, खीम भट्टराई, पद्य्म ठकुराठी, तिलक केसी, धर्म विश्वकर्मा, क्षत्र गुरुड र अमर छन्त्याल रहेका छन् । 

यता प्रवक्ता रहेका ओम भट्टराईले भने गुनासालाई चाँडै सम्वोधन गरिने वताएका छन् । यसै विषयमा जानकारी लिने उद्देश्यले वर्तमान छनौट कमिटीका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । तर, छनौट कमिटीको निर्णयप्रति यस क्षेत्रका संयोजक जोशीले असन्तुष्टि जनाए । केन्द्रको मापदण्डविपरित नामावली तयार भएको गुनासा आएकोले यसमा छनौट कमिटीले सच्याउनुपर्ने आग्रह गरे । उनले केन्द्रले तोकेको मापदण्ड अनुसार प्रतिनिधि छनौट नगरिए नयाँ लिष्ट तयार गनुपर्ने हुनसक्ने पनि बताए ।

यो पनि हेर्नुहोस् 
Dr. Rajendra Bhadra || Youn Ka Kura || यौनका कारण भत्किँदो समाजिक मूल्यमान्यता
तर यो सवै विवादको जड भने निवर्तमान अध्यक्ष डा. पौडेल र आरसी जोशीको टसल हो । उनीहरुबीच पछिल्लो पटक एनआरएन अमेरिकाको निर्वाचनको क्रममा सदस्यता वितरणलाई लिएर टसलको विजारोपन भएको थियो । सदस्यता वितरणमा डा पौडेल पक्षले वर्तमान अध्यक्ष सुनिल साहलाई जिताउन सर्वरडाउन गरेकोले सदस्यता वितरणमा छानविन गर्नुपर्ने माग राख्दै आरसी जोशीले आफ्नो मातहतमा कमिटी गठन गरेका थिए । यता, डा. पौडेलले त्यसलाई चुनाव प्रभावित गर्ने गरी हस्तक्षेप गरेको आरोप लगाउँदै असन्तुष्टी जनाएका थिए ।

त्यसोत अघिल्लो निर्वाचनमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका डा. पौडेल र अध्यक्ष पदमै आफ्नो उमेद्वारी दिएका जोशीबीच निकै घम्साघम्सी परेको थियो । निर्वाचनको विषयमा अदालतसम्म पुगेका जोशी र डा पौडेलबीच पद विभाजनमा सम्झौता भएपछि त्योवेला टसल टरेको थियो । डा. पौडेल जोशीलाई आरसीमा सहयोग गर्न सहमत भएपछि उनी अध्यक्षमा डा. पौडेललाई सहयोग गर्ने सर्तमा पछाडि हटेका थिए ।

विधि र पद्धतिको कुरा गरेपनि खास यी दुईबीचको द्धन्द्धका कारण एनआरएन अमेरिका विवादित हुने गरेको छ । त्यसमा पनि यसपटक केन्द्रको निर्वाचनमा दुवै उम्मेद्वार भएकोले यसको असर केन्द्रमा पर्नुे कुरालाई स्वभाविक मान्न सकिन्छ । यी दुई पात्रहरुमध्ये एनआरएन अमेरिकाको केन्द्रमा कसले प्रतिनिधित्व गर्ने भन्ने कुरा प्रतिष्ठाको विषय बनाएर एनआरएन अमेरिका विवादित बनाइएको हो । उनीहरूको भाग्य परीक्षण एनआरएन अमेरिकाको प्रतिनिधिले मात्र गर्ने नभए पनि यहाँका एक सय ६८ जना प्रतिनिधिको निर्णायक भूमिका हुन्छ । 

 
प्रकाशित मिति: : 2019-09-27 18:31:30

प्रतिकृया दिनुहोस्