भविष्य ‘विश्ववादी’को होइन, ‘देशभक्त’ को हुनेछःट्रम्प

तस्बिरः एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै मङ्गलबार विश्ववादीहरूले नजित्ने  बताएका छन्।

राष्ट्रसंघमा सम्वोधन गर्दै उनले भने, ‘भविष्य विश्ववादीको नभै देशभक्तको हुनेछ ।’

उनले थने, ‘भविष्य आफ्ना नागरिकको भलो चिताउने र सुरक्षा प्रदान गर्ने सार्वभौम तथा स्वतन्त्र मुलुकहरूको हो । उनीहरूका छिमेकीलाई आदर गर्नुस् । मतभिन्नताहरूलाई सम्मान गर्नुस्। यसबाट हरेक मुलुकलाई विशेष र भिन्न बनाउनेछ ।’

‘वषौँसम्म यी व्यापार तनावहरू सहियो, वेवास्ता गरियो वा अझ प्रोत्साहन गरियो,’ट्रम्पले सम्वोधनमा भने। उनले थने, ‘विश्वका नेताहरूलाई विश्वव्यापीकरणले उनीहरूको आफ्नो हितलाई बिर्सन उद्दत गरेको छ।’

उनले इरानले आफ्नो व्यवहार नसच्चाएसम्म नाकावन्दी जारी रहने बताउँदै अमेरिकाको आलोचना गर्ने मुलुकहरू र त्यहाँका गतिविधिप्रति पनि विरोध जनाए।

प्रकाशित मिति: : 2019-09-24 23:19:04

प्रतिकृया दिनुहोस्