अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीको उद्घोष : 'अब कि बार : ट्रम्प सरकार'

हाउडी मोदीमा सहभागी भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प । तस्बिर : एजेन्सी

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आयोजित 'हाउडी मोदी' कार्यक्रम अमेरिकी राष्ट्रपति ट्रम्पका लागि चुनावी सभामा परिणत भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा अमेरिकामा रहेको भारतीय समुदायले आयोजना गरेको कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प पनि सहभागी थिए । त्यही कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने- 'अब कि बार : ट्रम्प सरकार ' ।

हजारौको सहभागिता रहेको समारोहलाई भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पले सम्बोधन गरे । उनीहरूले एक अर्काको खुलेर प्रशंसा गरेका थिए । 

यसैबीच  भारतीय प्रधानमन्त्री मोदीले खुल्लमखुल्ला ट्रम्पको समर्थन गरेको कुरालाई लिएर अमेरिकामा रहेको भारतीय समुदायमा मिश्रित प्रतिक्रिया मिलेको छ । केहीले यसरी समर्थन गर्नु नाजायज भएको बताएका छन्  । उनीहरूको तर्क छ- ट्रम्पजस्तो आप्रवासीविरोधी उम्मेद्वारको समर्थन गर्नु भारत र भातीयको पक्षमा छैन । उनी अमेरिकामा रहेका भारतीयलाई आप्रवासी भनेर घृणा गर्छन् र अमेरिकीको काम खोसिदिएको भनेर भारतीयलाई राम्रो दृष्टिकोणले हेर्दैनन् । 

तर, केही भारतीयले भने प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको पक्षमा उभिएर ठीक गरेको बताएका छन् । उनीहरूले दुबै राष्ट्रवादी भएकाले विचार मिलेर नै समर्थन गरेको बताए । यसबाट अमेरिकामा रहेका भारतीयलाई हेर्ने ट्रम्पको दृष्टिकोण सकारात्मक हुने उनीहरूको अपक्षा छ । 

यो पनि हेर्नुहोस् 
दोस्रो विश्व युद्दका योद्दाः पदक नपाएको झोकमा पल्टन छोडे।
अमेरिकाको डेमोक्रेटिक पार्टी र भारतबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहदै आएको छ । तर, हाउडी मोदीमा मोदीले देखाएको यो ट्रम्प प्रेमले उसलाई हैरान बनाइ दिएको छ । आगामी चुनावमा टेक्सास राज्य नीलो हुने सम्भावना बढ्दै गएकाले ट्रम्पको चिन्ता बढेको छ । यो चिन्तालाई कम गर्न उनी यहाँ ठूलो संख्यामा रहेको भारतीय समुदायको मत आफूतिर तानेर टेक्सासलाई रातो बनाउन चाहन्छन् । त्यही रणनीतसका साथ उनी हाउडी मोदीमा सहभागी भएका हुन् । अमेरिकी राष्ट्रपति कुनै समुदाय विशेषले आफ्नो मूलका सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा सहभागी भएको पहिलो घटना हो । 

उता, भारतमा पनि मोदीले 'अब कि बार : ट्रम्प सरकार' भनेको विषयलाई लिएर मिश्रित प्रतिक्रिया मिलेको छ । कंग्रेस नेताहरूले यसको विरोध गरेका छन् भने भारतीय जनता पार्टीका धेरै नेताले यस विषयमा नबोलेको भए हुन्थ्यो भनेका छन् । थोरैले मोदीले अमेरिका भारत सम्बन्धलाई अरू मजबुत बनाउन यसो गरेको भनेर उनको समर्थनको वचाउ गरेका छन् ।

 

 

 

प्रकाशित मिति: : 2019-09-23 03:08:09

प्रतिकृया दिनुहोस्