बिहेको दिन पनि काम गर्नं गएर बनेका नेपाली-अमेरिकन मिलिनियर (भिडियोसहित)

दिपेश श्रेष्ठ अर्थात् चर्चाभन्दा टाढा रहन चाहने एक सफल नेपाली व्यवसायी । तस्बिर : सूर्य थापा

अमेरिकामा रहेका केही नेपाली सफल व्यवसायीको कथा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । त्यस्तै दन्त्यकथाका एक पात्र हुन्- दिपेश श्रेष्ठ ।

सन् १९७९ मा काठमाडोैंको डिल्लीबारको एक व्यापारिक परिवारमा जन्मेका दिपेश २१ वर्षको उमेरमा एमबीए पढ्नका लागि अमेरिका आएका थिए । त्यसपछिका साँढे चार वर्षमा सातै दिन काम गरेका उनले एमबीए मात्र सकाएनन्, नयाँ काम गर्नका लागि आफैं 'सिड मनी' पनि जोडे ।

सफलताका लागि आफ्नो रूचिको क्षेत्रको छनौट, त्यसका लागि स्रोत र साधन अनि सही समयमा सही निर्णय गर्ने क्षमता चाहिन्छ । यदि यस्तो भयो भने वर्ष जोडिरहन नै पर्दैन ।

त्यही सिड मनी लिएर ग्यास स्टेसनको व्यावसाय सुरू गरेका उनीसँग अहिले एकसयभन्दा बढी ग्यास स्टेसन छन् । उनले आफ्नो व्यवसायलाई रियल स्टेट, होटल, बायोमेडिकल, क्यान्डी उत्पादन, आइटीलगायतका विभिन्न क्षेत्रमा फैलाएका छन् । उनले आज हजारौ मानिसका लागि रोजगारी सिर्जना गरेका छन् । उनको व्यवसाय नेपालदेखि अमेरिकासम्मै फैलिएको छ ।

उनी आफ्नो सफलताको श्रेय टिम वर्कलाई दिन्छन् । उनीसँग २० वर्षदेखि ५० वर्षसम्मका व्यावसायिक साझेदार छन् । उनी भन्छन्- 'म टिम वर्कमा विश्वास गर्छु । मैले आजसम्म सबै व्यवसाय टिमवर्कमै गरेको छु । र, जे सफलता पाएको छु, त्यो सबै टिमवर्ककै कारण पाएको हुँ ।'

जन्मभूमिको विकल्प नभए पनि देशको विकल्प हुन्छ । त्यसैले अब को कहाँको नागरिक हो र कहाँ बस्छ भन्ने कुराले त्यति अर्थ राख्दैन ।' देशको नागरिकता बचाएर केही हुदैन, बचाउन चाँहि आफ्नो भाषा, संस्कृति, मूल्य र मान्यता बचाउनु पर्छ ।

सफलताका लागि अरू सबैको विकल्प भए पनि मेहेनतको विकल्प नरहेको बताउने दिपेश आफ्नो विवाहको दिन सम्झदै भन्छन्- 'विहान विवाह भयो, साँझ काममा गएँ । अमेरिकामा सफलता हासिल गर्नका लागि केसम्म गर्नुपर्छ भन्ने दृष्टान्त हो यो । '

उनको सफलतालाई मानिसहरूले वर्षमा नापेको उनी त्यति मन पराउँदैनन् । उनी भन्छन्- 'सफलताका लागि आफ्नो रूचिको क्षेत्रको छनौट, त्यसका लागि स्रोत र साधन अनि सही समयमा सही निर्णय गर्ने क्षमता चाहिन्छ । यदि यस्तो भयो भने वर्ष जोडिरहनै पर्दैन ।'

नेपाल आफ्नो जन्मभूमि भएको बताउँदै उनी भन्छन्- 'जन्मभूमिको विकल्प नभए पनि देशको विकल्प हुन्छ । त्यसैले अब को कहाँको नागरिक हो र कहाँ बस्छ भन्ने कुराले त्यति अर्थ राख्दैन ।' देशको नागरिकता बचाएर केही हुदैन, बचाउन चाँहि आफ्नो भाषा, संस्कृति, मूल्य र मान्यता बचाउनु पर्छ ।'

अमेरिकामा आएको १७ वर्षमा दिपेशले पाएको सफलताको कथालाई समेटेर टेक्सास डल्लास डेटलाइनका पत्रकार सूर्य थापाले एक विशेष सामग्री बनाएका छन् । उनले यु स्टार्ट अगेन कार्यक्रमका लागि बनाएको त्यही भिडियो हामीले यहाँ प्रस्तुत गरेका छौं ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=xF_Y-GoShhw&t=1310s&fbclid=IwAR2tRxchyXspYrjBVqnab0V9Id5joKUVi1wON6vZlAprIwj0oEIgJHtQkHo

प्रकाशित मिति: : 2019-09-22 05:26:29

प्रतिकृया दिनुहोस्