अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई पठाए यस्तो सन्देश

अमेरिकी राष्ट्रपति ट्रम्पको सन्देश नेपाल र नेपाली जनतालाई । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपाल दिवशका रूपमा मनाइएको नेपालको संविधान दिवशका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपाललाई शुभकामना पठाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पठाइएको उनको शुभकामना सन्देशमा सेप्टेम्बर १९ मा मनाइने संविधान दिवशमा अमेरिकी जनताका तर्फबाट वधाई दिइएको छ । यो दिन नेपालका लागि महान दिन भएको संस्मरण गराउँदै उनले नेपालको प्रजातन्त्रको उत्सवका रूपमा अमेरिका यसलाई स्वागत गर्छ भनेका छन् । 

नेपालले यो दिवश मनाउन थालेयता महत्वपूर्ण उपलव्धी हासिल गरेको बताउँदै उनले भूकम्पको पुनर्निमार्ण, अर्थतन्त्रमा आएको सुधार र २० वर्षमा पहिलोपटक भएको स्थानीय निर्वाचनको उल्लेख गरेका छन् । 

स्वतन्त्र एवम सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ छ । प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास पनि व्यक्त गर्दछ ।

अमेरिकी मूल्य र मान्यताप्रति नेपालले देखाएको प्रतिवद्धताका लागि धन्यवाद दिदै राष्ट्रपति ट्रम्पले शान्ति र समृद्धिको दिशामा नेपालको निरन्तर प्रगतिका लागि सहयोग रहने पनि बताएका छन् । 

यसैगरी अमेरिकी विदेशमन्त्री माइक पम्पिओले पनि संविधान दिवसको अवसरमा अमेरिकी सरकार र अमेरिकी जनताको तर्फबाट नेपालीहरुलाई संविधान दिवसको शुभकामना दिएका छन् ।

उनले अमेरिका र नेपालबीच ७ दशक लामो सम्बन्धको स्मरण गर्दै एउटा सार्वभौम, स्थीर र समृद्ध देशका रुपमा नेपालको विकाशमा निरन्तर सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता समेत जनाएका छन् । 

प्रकाशित मिति: : 2019-09-21 09:37:08

प्रतिकृया दिनुहोस्