अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि क्युवाली नियोगमा कार्यरत दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।
राष्ट्रसंघको ७४औं महासभा जारी रहेकै बेला उनीहरू निस्कासनमा परेका छन् ।
यसैगरी अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञलाई पनि राष्ट्रसङ्घको मुख्यालय रहेको म्यान्ह्याटनबाट बाहिर जान प्रतिवन्ध घोषणा गरेको छ ।
उनीहरूमाथि "अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न" रहेको आरोप लगाइए पनि त्यस बारेमा विस्तृत विवरण दिइएको छैन ।
यसैबीच क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले उक्त अमेरिकी कदमलाई अनुचित भन्दै यसबाट तनाव उत्पन्न भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प क्युवासँग आफ्ना पूर्ववर्ति बराक ओबामाले बढाएको मित्रताको हातलाई गलत ठान्छन् र त्यसलाई उल्टाउन सम्बन्धलाई असहज बनाइरहेका छन् ।
गत जुन महिनामा मात्र क्युबाको भ्रमण गराउने अमेरिकी ट्राभल कम्पनीहरूमाथि एउटा नयाँ प्रतिबन्ध लगाएको थियो।