अमेरिकाद्वारा राष्ट्रसङ्घका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला

फाइल तस्बिर

संयुक्त राज्य अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार उनीहरूमाथि अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोपमा निकाला गरिएको हो अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसङ्घको मुख्यालय रहेको म्यान्ह्याटनभित्रै रहनुपर्ने उल्लेख गरेको मोर्गन ओर्टागुसले बताए।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले सो कदमलाई स्पष्ट रूपमा अनुचित भएको बताएका छन्।स्पेनिश भाषामा गरेको ट्वीटमा उनले आफ्नो देशका कूटनीतिज्ञमाथि लगाइएका आरोप अश्लील आरोप भएको बताएका छन् र देशनिकालाको कदमले तनाव उत्पन्न गराएको उल्लेख गरेका छन्।

पछिल्लो देशनिकाला संयुक्त राज्य अमेरिका र कम्युनिस्ट मुलुक क्युबाबीचको ताजा कूटनीतिक मुठभेडको घटना हो।गत जुलाई महिनामा क्युबाले एउटा अमेरिकी प्राज्ञिक अध्ययनलाई खारेज गरिदिएको थियो जसको निष्कर्ष थियो- क्युबामा काम गरेका अमेरिकी कूटनीतिज्ञहरूको मस्तिष्कमा समस्या देखिएको छ।

अमेरिकाले क्युबामाथि सोनिक अट्याकू अर्थात् ध्वनि आक्रमणको आरोप लगाउँदै आएको छ। त्यस्तो आक्रमणमा परेका अमेरिकी कूटनीतिज्ञहरूमा होस तथा श्रवण शक्ति गुम्ने समस्या देखिएको बताइन्छ।

प्रकाशित मिति: : 2019-09-20 10:52:15

प्रतिकृया दिनुहोस्