शौर्यको भयो शल्यक्रिया : आराम गराइँदैछ आईसीयूमा

शौर्य ओझा : अझै भरोसा छैन जीवनको ....फाइल तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको मिजौरीमा गत सेप्टेम्बर ३ मा भएको दुर्घटनामा गम्भीर घाइते भएका चार वर्षीय वालक सौर्य ओझाको सोमबार अनुहारको शल्यक्रिया गरिएको छ । 

उनको परिरवारका सदस्य शौरभ ओझाले जनाएअनुसार करिव पाँ घण्टा लगाएर गरिएको उनको शल्यक्रिया सफल भएको छ । अहिले उनलाई २४ सै घण्टा नर्स र डक्टरको निगरानीमा आइसीयुमा राखेर आराम गराइएको छ ।

अधिकांश समय निदाइरहने उनी अझै पनि खतराबाट बाहिर नरहेको परिवारका एक सदस्यले बताएका छन् । उनलाई आरामको लागि चारदेखि ६ साताको समय लाग्ने चिकित्सकहरूले बताएका छन् । 

शौर्यले दुर्घटनामा आमाका साथै मावली हजुरबुबा र हजुरआमा गुमाए । दुर्घटनामा परेको गाडी चलाइरहेका उनका बाबु उपचारपछि घर फर्केका छन् । अहिले पनि उनी श्रीमती र सासु-ससुरा गुमाएको पीडाले सामान्य हुन सकेका छैनन् । त्यसमा पनि आइसीयुमा राखेको अर्धचेत अवस्थाको छोराको अनिश्चित भविष्यले उनलाई थप पीडा दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका श्रद्धा खनाल ओझा र उनका बाब गोविन्द खानल र आमा शान्ता खनालको मिजौरीकै स्प्रिङफिल्डमा दाहसंस्कार गरिएको छ। परिवारका सदस्य शौरभले जनाएअनुसार उनीहरूको अस्थी नेपाल लैजान व्यवस्था मिलाइदैछ । 

ओझा-खनाल परिवारका तीन सदस्यको अन्त्येष्टी र शौर्यको उपचारका लागि सहयोग जुटाउने क्रम अहिले पनि जारी छ । एकलाख अमेरिकी डलरको लक्ष्य राखेर सात दिनअघि खोलिएको गोफण्डमीमा यो समाचार तयार गरिरहेको बेलासम्म ९५ हजार ६ सय २१ अमेरिकी डलर संकलन भैसकेको छ । यो रकम दुईहजार ६ सय मनकारीले दिएका हुन् ।

यो समाचार पनि हेर्नुहोला 
अमेरिकाको मिजौरी-दुर्घटनामा निधन भएका तीन नेपालीको दाहसंस्कार: ओभाएनन् आफन्तका आँखा

'श्रद्धा ल्याउन नसकिए पनि सौर्य-प्रभासको घाउमा मल्हम लगाउन सकिने रहेछ !'

गम्भीर घाइते बालक अझै आईसीयूमै, सोमबार शल्यक्रिया ।

अझै पनि सहयोगको लक्ष्य भेटी नसकिएको परिवारका सदस्य शौरभ ओझाले बताएका छन् । उनले  सहयोगका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै चाँडै नै सहयोग संकलनको लक्ष्य भेटिनेमा आफू विश्वस्त रहेकाे पनि बताए । शौरभले दु:खको यो बेला सहयोग गर्ने, साथ दिने र सद्भाव राख्ने सबैलाई ओझा-खनाल परिवारका तर्फबाट धन्यवाद पनि दिएका छन् ।

 

 

प्रकाशित मिति: : 2019-09-20 08:57:40

प्रतिकृया दिनुहोस्