अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गत हप्ता राजीनामा दिएका थिए ।
विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको ट्रम्पले बताएका छन् ।
रोबर्ट ब्रायन राष्ट्रपति ट्रम्पको यो कार्यकालमा काम गर्ने चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ट्रम्पसँग काम गरिसकेका छन् ।