अमेरिकामा ट्रम्पको 'हायर एण्ड फायर' : ब्रायन चौथो सुरक्षा सल्लाहकार

राष्ट्रपति ट्रम्पका चौथो सुरक्षा सल्लाहकार ब्रायन : कति दिन टिक्ने होलान् ? तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनयन गरेका छन् । हायर एण्ड फायरको अमेरिकी संस्कृतिमा विश्वास गर्ने ट्रम्पका लागि ब्रायन पहिलो कार्यकालकै चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार  हुनेछन् । 

अमेरिकी स्टेट डिपार्टेमन्टमा सुरक्षाविज्ञका रूपमा कार्यरत ब्रायनले जोन बोल्टनको स्थानमा काम गर्नेछन् । राष्ट्रपतिको मनोनयन संसदले स्वीकृत गरेपछि मात्र कार्यान्वयन हुने छ ।

यो पनि हेर्नुहोस् 
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः
राष्ट्रपति ट्रम्पका तेस्रो राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन एक साताअगाडि बर्खास्त गरिएका थिए । इरान, अफगानिस्तान, कोरियालगायतका मुद्दामा फरक ध्रुवमा उभिएपछि ट्रम्पले बोल्टनलाई हटाएका थिए ।

ट्रम्पले यसअघि म्याकमास्टर, स्कोक्रफ्ट र बोल्टनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार  बनाएर पहिलो कार्यकालमै राष्ट्रिय सुरक्षा सल्लाहकार को ह्याट्रिक लगाइसकेका छन् । 

प्रकाशित मिति: : 2019-09-19 10:46:42

प्रतिकृया दिनुहोस्