राष्ट्रसंघ महासभामा मन्त्री ज्ञवालीको नेतृत्वमा उपप्रधानमन्त्री यादव : जग हसाउँदै नेपाल

अजब गजबको नेपालको प्रोटोकल : मन्त्री टोली नेता, उपप्रधानमन्त्री सदस्य -कति हसाउँनु जग ? एक प्रतिकात्मक तस्बिर ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । विरामी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नआउने भएपछि परराष्ट्रमन्त्री ज्ञवालीलाई यो अवसर मिलेको हो ।

न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगका अनुसार उनी १२ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा न्युयोर्क आइपुग्ने कार्यक्रम रहेको छ । उनी काठमाडौंबाट सेप्टेम्बर २१ प्रस्थान गर्ने छन् । उनले नेपालको तर्फबाट सेप्टेम्बर ३० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम  रहेको छ ।

 नेपालले मन्त्री नेतृत्वको टोलीमा उपप्रधानमन्त्री पठाएर अजब गजबको सहभागिता गराउने भएको छ । यो सहभागिताले प्रोटोकलको जग हसाउने मात्र हैन, खिल्ली उडाउने काम पनि हुने छ । 

उनको टोली १२ सदस्यीय भएकाले यसलाई जम्बो भन्न नसकिने भए पनि उनको टोलीमा सहभागी सदस्यका कारण भने यो अजीवको टोली भएको छ । मन्त्री टोलीनेता भएको प्रतिनिधिमण्डलको सदस्यमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सदस्य रहेको बताइएको छ । मन्त्रीको नेतृत्वमा उपप्रधानमन्त्री सहभागी हुनु भनेको जग हसाउनु हो । यसपटक नेपालले यसरी नै प्रोटोकलको जगत हसाइदिने भएको छ ।

यो पनि हेर्नुहोला 
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः
टोलीमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवका अतिरिक्त वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिवसहितका उत्च अधिकृतहरू रहेका छन् । टोलीका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की पनि सदस्य रहेको बताइएको छ ।

‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ भन्ने मूल नारामा साथ युक्त राष्ट्रसङ्घको ७४औँ महासभा सेप्टेम्बर १७ मा सुरू भैसकेको छ ।

प्रकाशित मिति: : 2019-09-18 10:22:21

प्रतिकृया दिनुहोस्