अमेरिकाको ह्युस्टनमा 'हाउडी मोदी': मोदीसँगै सहभागी हुने भए ट्रम्प

पहिलो पटक यस्तो अंगालो मारिएको थियो, दोस्रो पटक त सँगै सम्बोधन नै हुने भयो । फाइल तस्बिर : एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा सेप्टेम्बर २२ मा टेक्सासको ह्मुस्टनमा आयोजना हुने ‘हाउडी मोदी’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने भएका छन् ।

अमेरिकामा बस्ने ५० हजारभन्दा बढी भारतीयको सहभागिता रहने कार्यक्रमलाई मोदी र ट्रम्प दुबैले सम्बोधन गर्ने बताइएको छ । 

राष्ट्रपति ट्रम्पको यो सहभागिताले अमेरिकामा एउटा नयाँ इतिहास बन्नेछ । उनी भारतीय समुदायले अमेरिकामा आयोजना गर्ने कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागिता हुने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । 

 

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको सहभागिता पुष्टि गरेपछि भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरेर अमेरिकी राष्ट्रपतिप्रति आभार व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पको यो सहभागिता उनको चुनावी बाध्यताका रूपमा बुझिएको छ । बुस परिवारको विरासत रहेको सदाबहार रातो राज्य टेक्सास यसपटक ट्रम्पविरूद्ध नीलो हुने सम्भावना बढ्दो छ । त्यही सम्भावनालाई मध्यनजर राख्दै यहाँ रहेको ठूलो भारतीय समुदायको मन जित्न राष्ट्रपति ट्रम्प हाउडी मोदीमा सहभागी भएका हुन् । 

यो पनि हेर्नुहोस् 
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका आउन लागेका मोदीको सम्मानमा अमेरिकामा रहेको भारतीय समुदायले हाउडी मोदी आयोजना गर्न लागेको हो । 

यसअघि सन् २०१४ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक अमेरिका भ्रमणमा आएका बेला भारतीय समुदायले उनको सम्मानमा न्यूयोर्कको मेडिसिन स्क्वायरमा यस्तै सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा केही अमेरिकी सांसदहरू सहभागी पनि भएका थिए । तर, यसपटक भने अमेरिकी राष्ट्रपति सहभागी भएर सम्बोधन गर्ने भएपछि यसले नयाँ इतिहास बनाउने भएको हो । 

यसैबीच अमेरिकी राजनीतिका जानकारहरूले राष्ट्रपति ट्रम्पको यो सहभागितालाई उनको चुनावी बाध्यता भएको बताएका छन् । बुस परिवारको विरासत रहेको सदाबहार रातो राज्य टेक्सास यसपटक ट्रम्पविरूद्ध नीलो हुने सम्भावना बढ्दो छ । त्यही सम्भावनालाई मध्यनजर राख्दै यहाँ रहेको ठूलो भारतीय समुदायको मन जित्न राष्ट्रपति ट्रम्प हाउडी मोदीमा सहभागी भएर सम्बोधन गर्न तयार भएको अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2019-09-18 09:19:39

प्रतिकृया दिनुहोस्